बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

नवौँ राष्ट्रिय खेलकुद : ‘डिफेन्डीङ च्याम्पीयन’ आर्मी १७२ स्वर्ण सहित फेरि ‘च्याम्पीयन’

पर्वत : गण्डकी प्रदेशमा सम्पन्न भएको नावौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिजेता बिभागीय त्रिभुवन आर्मी क्लब बनेको छ।

आर्मी सन २०१९ मा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १४० स्वर्ण, ८२ रजत र ६७ कास्य गरी कुल २८९ पदक सहित बिजेता बनेको टोली हो। त्यस अगाडि सन २०१६ मा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि त्रिभुवन आर्मी क्लब नै ‘च्याम्पीयन’ बनेको थियो। त्यो बेलामा आर्मीले ११३ स्वर्ण, ६४ रजत र ४८ कास्य गरी कुल २२५ पदक पाएको थियो। सातौँमा कुल पदक सङ्ख्या ९२० रहेकोमा आठौँमा १ हजार १४५ र नवौँमा १ हजार ३४७ पदकका लागि खेल भएका थिए।

नवौँमा ३९७ स्वर्ण ३९६ रजत र ५५३ कास्य पदकका लागि भएको खेलमा आर्मीले कुल ३७१ पदक ल्याउँदै नवौँ खेलको ‘च्याम्पीयन’ बनेको हो। राष्ट्रिय खेलकुद परिषदका अनुसार आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक हात पारेको छ। खेलको दोस्रो स्थानमा बिभागीय एपीएफ क्लब रहेको छ। खेलको सुरुवाती अवस्थामा अर्को विभागीय नेपाल पुलिस क्लबभन्दा एपीएफ पछाडी रहेको भए पनि अन्तिम अवस्थामा एपीएफ लयमा फर्किएको हो। एपीएफले ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी २१९ पदक पाउँदा पुलिसले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी १९४ पदकमा चित्त बुझाएको छ।

चौथो स्थानमा रहेको गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी १२० पदक आफ्नो पक्षमा पारेको छ। घरेलु मैदानमा उत्कृष्ट बन्ने सपना बोकेको गण्डकीले विभागीय टिमको निरन्तरालाई तोड्न सकेन। यद्यपी गण्डकी प्रदेशमा खेल आयोजना गरिएका कारण यस पटकको प्रतियोगितामा घरेलु मैदानको आँटका साथ गण्डकीका खेलाडीले सकेसम्मको प्रतिस्पर्धा गरेका थिए। खेलमा पहिलेबाट केही अगाडि रहेको गण्डकीले घरेलु मैदानमा बिभागीय पछिको उत्कृष्ट टोलीको रुपमा भने आफूलाई उभ्याएको छ।

प्रतियोगिताको पाँचौ स्थानमा रहेको बागमती प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी १२० पदक बटुल्दा छैटौँ स्थानमा रहेको प्रदेश नं. १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी १४५ पदक हात पारेको छ। यस्तै सातौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशको टोलीले १० रजत, १० स्वर्ण र ४३ कास्य गरी ६३ पदक प्राप्त गर्दा आठौँ स्थानमा रहेको एनआरएनएको टोलीले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी २६ पदक पाएको छ।

प्रतियोगिताको नवौँ स्थानमा रहेको लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८, १० औँ स्थानमा रहेको मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी ३९ र ११ औँ स्थानमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी १८ पदक पाएको छ।

विगतका खेलमा पनि विभागीय टोलीको बर्चश्व रहँदै आएकोमा यस पटक विभागीय टोलीको निरन्तरतालाई रोक्ने दाउमा सात प्रदेश र गैर आवासिय नेपाली संघ (एनआरएनए) टोली थिए। तर खेल आयोजना हुँदा मात्रै नभई हरेक दिन खेल अभ्यासमा जुटीरहने विभागीय टोलीको निरन्तरताका सामु प्रदेश र एनआरएनएको टोलीको सिप चलेन।

 

 

 

 

 

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive