बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

समाजसेवी गुरुङद्धारा बुबाको सम्झनामा बाटो निर्माण हुँदै

मंसिर १, २०७९

पर्वत : जिल्लाको मोदी गाउँपालिका–५ बाजुङको फलाल्ने घर भई हाल हङकङमा रहँदै आएका समाजसेवी दुर्गा घोताने गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबाको सम्झनामा गाउँमा गोरेटो बाटो निर्माण गर्न सुरु गरेका छन् ।
‘मिलन ग्रुप अफ नेपाल’ अन्तर्गत रहेका मिलन फउण्डेसन, मिलन डि.जी इन्टरनेशनल लगायत दर्जन बढी संस्थाबाट शिक्षा, स्वास्थ्य, मनोरञ्जन, कृषि, भौतिक पूर्वाधार सहित आर्थिक सहयोगका माध्यमबााट सामाजिक सेवामा सक्रिय रहँदै आएका उनले करिब साढे दुई लाख रुपैयाँको लागतमा गोरेटो बाटो निर्माण गर्न लागेका हुन् । स्व. बुबा नर बहादुर गुरुङको भावनामा पनि सामाजिक सेवा रहेकाले बुबाको सम्झनामा मिलन प्रगतिशिल महिला कृषक समूहको अगुवाईमा बाजुङको निन्द्रीखोलादेखि मोटरबाटोसम्मको ठाडोबाटो निर्माण गर्न लागिएको हो ।
बाजुङको गैरी, पर्यटकीय क्षेत्र बराहपोखरी हुँदै, खुईजरी, क्याङ, लेस्पार लगायतका स्थानमा जानको लागि सहज हुने गरी निर्माण सुरु गरिएको बाटोको गुरुङकी धर्मपत्नी तथा मिलन फउण्डेसन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले शिलन्यास गरेकी छिन् । सो अवसरमा बोल्दै उनले सामाजिक सेवाका माध्यमबाट प्राप्त हुने आत्मसन्तुष्टी अरु तरिकाले प्राप्त नहुने बताईन । आफ्नो ठाउँको विकासका लागि जसले जति मात्रामा सकिन्छ त्यति मात्रामा सहयोग गर्दै जाने हो भने राज्यको मुख ताकेर बस्नुपर्ने अवस्था नरहने उनको भनाई छ । आफूहरुले व्यक्तिगत लगानीमा नै बालबालिकादेखि ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्दै आएको बताउँदै उनले अहिलेसम्मका सामाजिक सहयोगमा कोहीबाट पनि रकम नलिएको बताईन् ।
स्थानीयबासी पदमबहादुर गुरुङ, ठग बहादुर सेन, खडानन्द अधिकारी लगायतले उपलब्ध गराएको जग्गा निर्माण गरिएको सिँढी बाटोले गाउँमा आउजाउ गर्नेहरुलाई सहज बनाउने बाटो निर्माण कार्यको अगुवाई गरेको संस्था मिलन प्रगतिशिल महिला कृषक समूहकी अध्यक्ष दुर्गा अधिकारीले बताईन् ।
केही समय पहिले मात्रै फलाल्नेमा नै ८० हजारको लगानीमा समाजसेवी गुरुङले नै गोरेटो बाटो निर्माण गरेका थिए । आफू विदेशमा रहे पनि आफ्नो जन्मभूमिप्रतिको कर्तब्य पूरा गर्न आफ्नो जिम्मेवारी रहेको समाजसेवी गुरुङले बताए । पर्वत सहित देशका विभिन्न जिल्लामा रहेका विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था, यूवा क्लब, महिला समूह लगायतका माध्यमबाट सुबिधा बृद्ध गर्न तथा यूवाहरुमा रहेको क्षमता पहिचान गरी बाहिर ल्याउन आफूले सहयोग गर्दै आएको उनको भनाई छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive