सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

अन्ततः टुट्यो सत्ता गठबन्धन, प्रचण्ड बालकोटमा

पुस १०, २०७९

काठमाडौं : सत्ता गठबन्धन टुटेको छ। आइतबार बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुटेको धोषणा गरेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले प्रचण्ड गठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको जानकारी दिए। पौडेलका अनुसार कांग्रेसले गठबन्धन बचाउन अन्तिमसम्म प्रयत्न गरे पनि प्रचण्डले ‘गठबन्धनको औचित्य समाप्त’ भएको बताएका थिए।

माओवादी केन्द्रका एक सांसदले औपचारिक घोषणा नभए पनि गठबन्धन टुटेको जानकारी दिए। तीन सांसदले भने, ‘कांग्रेसले सहमति पालना नगरेपछि गठबन्धनका औचित्य के रह्यो र? औपचारिक घोषणा हुन बाँकी छ। लगभग गठबन्धन सकियो।’

त्यस्तै, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि सत्ता गठबन्धनको औचित्य समाप्त भएको बताएका छन्।

प्रधानमन्त्रीमा कुरा नमिलेपछि प्रचण्डले एमले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट प्रस्थान गरेका छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेताहरुले एमालेसँग संवाद गरिरहेका छन्।

थाहा खबरबाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive