पर्वत : राष्ट्रिय वाणिज्य बैँकको ५८ औँ वार्षिकोत्सव पर्वत कुश्मा शाखाले पनि एक कार्यक्रम गरि मनाएको छ । वार्षिकोत्सवका अवसरमा बैँकका शुभचिन्तक एवं सफल व्यावसायी कुश्मा नगरपालिका ६ निवासी शिवप्रसाद सुबेदीलाई सम्मान गरिएको छ । हिमालयन हार्डवेयरका सञ्चालक समेत रहेका सुबेदी लाई सम्मान गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैँक कुश्मा शाखाका प्रवन्धक तोरणबहादुर विश्वकर्माले सुबेदीलाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । बैँकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरेको थियो । पर्वतमा राष्टिय वाणिज्य बैँकका लुंखु, फलेवास, पातिचौर र कुश्मामा गरि ४ वटा शाखा रहेका छन् । राष्ट्रिय वाणिज्य बैँकले दैनक कारोबार संगै एटिएम, ईण्टरनेट सेवा, बिना चेक स्मार्ट क्यूआर मार्फत नगर कारोबार गर्न मिल्ने सेवा, सि आस्वा, छिटो छरितो सुनकर्जा लगायतका सेवा प्रद्यान गर्दै आएको कुश्मा शाखाका प्रवन्धक विश्वकर्माले बताउनुभयो ।
उहाँले नेपाल सरकारको पूर्ण स्वमित्व रहेपनि अन्य बैँक सरह राष्ट्रिय वाणिज्य बैँकले सेवा सुविधा दिलाउँदै आएको जानकारी दिनुभयो । उहाँले सामाजिक क्षेत्रमा पनि बैँकले आर्थिक सहयोग गर्दै आएको र सामाजिक सुरक्षा भत्ता गाउँमा पुगेर वितरण गर्दै आएको बताउनुभयो । सम्मान प्रति व्यवसायी शिवप्रसाद सुबेदीले आभार व्यक्त गर्नुभयो । उहाँले बैँकको उन्नतीका लागि शुभकामना पनि दिनुभयो ।




