पर्वत : व्यापार व्यवसायलाई चलायमान बनाउने लक्ष्यका साथ आयोजना गरिएको सातौँ पर्वत महोत्सव बुधवारदेखि सुरु हुँदै छ।
उद्योग वाणिज्य सङ्घ पर्वतको मूल आयोजनामा माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै तयारीहरू पूरा भएको र दिउसो एक बजे नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। मङ्गलवार भेटघाटका लागि पोखरामा रहेका स्वास्थ्य मन्त्री गिरी मन्त्री भएपछि पहिलो पटक बुधवार गृह जिल्ला पर्वत आउँदै छन्।
बिहानदेखि बेलुकासम्म विभिन्न कार्यक्रमका लागि समय उपलब्ध गराएका गिरीले दिउसो एक बजे महोत्सवको उद्घाटन गर्ने उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीले बताए। गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्। यही खुसीयालीमा उनलाई नै कार्यक्रमको प्रमुख अतिथि बनाइएको हो।
आजदेखि सुरु हुँदै सतौँ पर्वत महोत्सव, दिउसो एक बजे उदघाटन हुने
माघ ११, २०७९




