पर्वत : कुश्मा नगरपालिकाबाट संचालन हुने लोक सेवा तयारी कक्षा कार्यक्रमको उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम नगर प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजनामा नगर भित्रका विपन्न महिलाहरुका लागि निशुल्क रुपमा अनलाईनमार्फत खरिदार र नायव सुब्बा सहरका पदका लागि लोकसेवा आयोगले लिने प्रतिस्पर्धात्मक परिक्षमा सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रामचन्द्र जोशीले बताए । समय निकै गतिशील बन्दै गएको परिप्रेक्षमा आफुलाई अब्बल बनाउदै लैजानु पर्ने र लोकसेवाको निष्पक्षता र योग्यतामुलक पद्धतिमा खारिएर लाग्नुपर्ने भन्दै सहभागीहरुलाई लोकसेवाको परिक्षामा उतिर्ण हुनेगरि पढ्न आग्रह गरे ।
उप प्रमुख स्वास्थानी रिजालले आफ्नो दक्षता र बिज्ञतालाई परिस्कृत गर्दै लैजान अनुरोध गर्दै कुश्मा नगरले आगामी दिनमा पनि यस्तै प्रबर्द्धनात्मक कार्यक्रम गर्दै जाने विश्वास व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले सहभागीहरुलाई लोकसेवा कक्षा सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कुश्मा नगरपालिकाको सामजिक विकास शाखाको सहजीकरणमा सम्पन्न हुने कार्यक्रममा करिव १०० जना नगरका महिला दिदिबहिनीहरु सहभागी रहने छन भने आगामी कक्षाहरु इलष्लिभ श्ययm एबितायm मार्फत संचालन हुने छ ।
उद्घाटन कार्यक्रममा सामाजिक शाखाका संयोजक एवं वडा नं ६ का वडाध्यक्ष इश्वर गिरी, वडा नं ९ का अध्यक्ष रामशर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख धुर्वराज पौडेलले स्वागत गरेका थियो भने संचालन महिला बालबालिका शाखाका चेतकुमारी शर्माले गरेकी थिईन ।
कुश्मा नगरपालिकाद्धारा लोक सेवा तयारी कक्षा सुरु
