मङ्ल, मंसिर २३, २०८२
Tue, December 9, 2025

स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

चैत्र ५, २०७९

पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो।

नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की जोश्ना कुँवरलाई ७८ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचनमा कुल १ सय ८५ मत खसेकोमा एउटा मतपत्रमा भने कुनै पनि प्यानलको उम्मेदवारलाई मत नदिएर रित्तो मतपत्र ‘ब्यालेट बक्स’ मा खसालेको पाइएको छ।

बाँकी १ सय ८४ मतमध्ये रेग्मीको पक्षमा १ सय ३१ मत परे भने कुँवरलाई ५३ मत आएका छन्। सभापतिमा प्रतिस्पर्धा गरेका दुवै जना फलेवास नगरपालिकाका स्थायी बासिन्दा हुन्।

सचिवमा नेविसंघकै लक्ष्मण रेग्मीले अनेरास्ववियुका मनोज पुरीलाई ४४ मतको फरकमा पराजित गरेका छन्। रेग्मीले १ सय १४ मत प्राप्त गर्दा पुरीले ७० मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रनिकटकी पवित्रा नेपालीले अनेरास्ववियुका अपिल क्षेत्रीलाई ५४ मतले पराजित गरेका छन्। नेपालीले १ सय १९ मत पाउँदा क्षेत्रीले ६५ मत पाएका छन्।

सदस्यहरूमा नेविसंघकी पूजाकुमारी पोखरेलले १ सय ३४, अखिल क्रान्तिकारीकी मनीषा परियारले १ सय २४ र अखिल क्रान्तिकारीकै सबिना क्षेत्रीले १ सय २३ मत पाएका छन्।

उनीहरूसँग प्रतिस्पर्धामा रहेका अनेरास्ववियूका सन्तोष पौडेल, सावित्रा पौडेल र अनिल पौडेल पराजित बनेका छन्। समानुपातिकतर्फ नेविसंघले १ सय २९ मत प्राप्त गर्दा अनेरास्ववियुले ५५ मत पाएको छ।

थाहाखबरबाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive