मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

जलजला : शैक्षिक सुधार र गुणस्तरका लागि सरोकारवालासँग अन्तरक्रिया

पर्वत : शैक्षिक सुधार तथा गुणस्तरका लागि बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतको जलजला गाउँपालिकाले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ।
विद्यालय शिक्षा सुधार तथा गुणस्तर अभिबृद्दी र योजना निर्माण सम्बन्धि शैक्षिक सरोकारवालाबीच अन्तरक्रिया गरेर बिभिन्न पक्षबाट गर्न सकिने सम्भावना र जिम्मेवारीका बिषयमा कुराकानी भएको छ। गैर आवसिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष श्री कुल प्रसाद आचार्य समेत सहभागी भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दिपक आचार्य, नेपाल करिअर टे«निङ फाउण्डेसन (सिटिएफ) नेपालका कार्यकारी निर्देशक बद्री दाहाल, गाउँपालिकाको शिक्षा समितिका संयोजक एकेन्द्र खत्री, वडाध्यक्षहरु, शिक्षा समितिका सदस्यहरु, जलजला गाउँ पालिका भित्रका सम्पुर्ण सरकारी एवं निजि विद्यालयका प्रधानध्यापक तथा प्रतिनिधिहरु, जलजला गाउँपालिकामा कार्यरत कर्मचारीको उपस्थितमा कार्यक्रम भएको हो।
एनआरएनएका अध्यक्ष कुल प्रसाद आचार्यले आफ्नो पहिलो प्रथामिकता नै शिक्षामा रहेको जानकारी गराउँदै जलजला गाउँपालिकाले चालेको नेपाल कै पहिलो अभियान प्रशंनीय रहेको र आफूले यसमा सघाउने आश्वासन दिए। शिक्षाको निर्दिष्ट उद्देश्य बमोजिम नेपालको शिक्षा नगरेको अवस्थामा यस जलजला गाउँपालिकाले नेपालमै पहिलो पटक यसको अभ्यास सुरु गरेको उनको भनाई छ।
जल्ला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले आफ्नो पहिलो प्राथमिकता नै शिक्षामा सुधार रहेको बताए। स्थानीय सरकारले ठूला ठुलालाई भौतिक बिकास पुर्वाधार आफ्नो जिम्मेवारी भएतापनि यसको लागि स्थानीय स्रोत र साधनले नपुग्ने भएकाले ठूला भौतिक पूर्वाधार योजना माग गर्न संघ तथा परदेशमा जाने जानकारी गराए। स्थानीय तहले गर्न सक्ने सानासाना योजनहरु स्वास्थ्य, शिक्षा, लगायतमा स्थानीय तहले धेरै परिवर्तन गर्न सक्ने आचार्यको भनाई छ।
आफू जनप्रतिनिधि भईसकेपछि आफ्नो पहिलो लक्ष्य तथा योजना भनेकै शिक्षा क्षेत्र रहेको जानकारी गराउँदै उनले स्थानीय तहभित्र रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षा क्षेत्रका विशिष्ट, विज्ञ तथा विशेषज्ञहरुसँग समन्वय गर्दै आइरहेको उल्लेख गरे। आफूले चालेको शैक्षिक क्षेत्र सुधारको अभियानमा सघाउन पनि उनले सबै बिद्यार्थी, शिक्षक, अभिभावक एवं शैक्षिक क्षेत्रसँग जोडिएका सरोकारवालाहरुसँग अनुरोध गरे।
जलजला गाउँ पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive