बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

पर्वतका कार्यालय प्रमुखहरुले गरे यस्ता १४ निर्णय

पर्वत : जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुको बैठकले सेवालाई प्रभावकारी बनाउन बिभिन्न निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्णय कार्यान्वयनका विषयमा विगतमा भएका बैठक र निर्णयहरुको समीक्षा गर्दै कार्यालयहरुबाट प्रवाह गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाई सुशासन कायम गर्ने भनिएको छ।
आर्थिक वर्ष २०७९/०८० का विकास कार्यक्रम तोकिएको समयमा कार्यान्वयन गर्ने र आयोजना कार्यान्वयनमा कुनै समस्या आएमा तुरुन्त तालुक विभाग र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विकास निर्माणको कार्यलाई तीव्रता दिने निर्णय पनि बैठकमा भएको छ। यस्तै विकास आयोजना कार्यान्वयन गर्दा अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउने तथा संघ र प्रदेश अन्तर्गतका कार्यालयबाट कार्यान्वयन हुने विकास कार्यक्रममा सम्बन्धित स्थानीय तहले आवश्यक सहजीकरण गर्ने गराउने निर्णय भएको प्रजिअ बरालले जानकारी दिए।
सुख्खा मौसममा हुन सक्ने वन डढेलो र आगलागीका घटना हुन नदिन डिभिजन वन कार्यालय र स्थानीय तहले सामुदायिक वन उपभोक्ता समितिहरुको समन्वयमा सचेतनाका कार्यक्रम गर्ने गराउने तथा वन ढडेलो र आगलागी भएमा सुरक्षा निकायको सहयोगमा समन्वय गरी गराई तत्काल नियन्त्रणमा लिने व्यवस्था मिलाउने पनि बैठकमा निर्णय भएको छ।
यस्तै गृह मन्त्रालय निजामती कर्मचारी प्रशासन शाखाको सुझाव कार्यान्वयन सम्बन्धी पत्र र गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको अनुगमन सम्बन्धी पत्रको बारेमा पनि छलफल गरेर सम्बन्धमा सम्बन्धित निकायमा अनुगमन गरिने भएको छ। जिल्लास्थित सम्पूर्ण कार्यालयले कार्यालय भित्र विचौलियाको प्रवेश हुन नदिने व्यवस्था मिलाउने तथा सबै कार्यालय / निकायहरुले सूचनाको हक कार्यान्वयन सम्बन्धमा कार्यालयमा रहेका सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने पनि निर्णय भएको छ।
जेष्ठ नागरिक, गर्भवती महिला, विरामी र अपांगता भएका सेवाग्राहीलाई सेवा प्रदान गर्दा प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने, संचालनमा रहेका रुग्ण आयोजनाको विवरण तयार गर्ने तथा त्यस्ता रुग्ण – आयोजनाकाको जिम्मा लिने निर्माण कम्पनीलाई नियमानुसार आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने, जिल्ला भित्रका सम्पूर्ण कार्यालय ÷ निकायहरुले आ–आफ्नो कार्यालयको सरसफाई गर्ने तथा कार्यालयमा रहेका पुराना जिन्सी सामानहरुलाई लिलामको पक्रियामा अगाडि बढाउने पनि बैठकमा निर्णय भएको छ।
यस्तै जिल्ला भित्रका विषयगत कार्यालयहरुले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विपद् उद्धार तथा राहात “सम्बन्धी सामग्रीहरुको भण्डारण तथा व्यवस्थापन गर्ने तथा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको निर्णय कार्यान्वयन सम्बन्धी पत्रमाथि छलफल गरी प्राप्त निर्णय कार्यान्वयन गर्ने गराउने निर्णय भएको पनि प्रजिअ बरालले बताए।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive