शनि, माघ १०, २०८२
Sat, January 24, 2026

नेपाली नयाँ वर्षमा न्यूयोर्कमा नेपाली कलाकारहरुले प्रस्तुती दिने

चैत्र ८, २०७९

पर्वत : नेपालीहरुको नयाँ वर्ष वि.सं. २०८० को अवसरमा पारेर अमेरिकाको न्यूयोर्क शहरमा नेपाली कलाकारहरुले प्रस्तुती दिने भएका छन्।
पर्वत सेवा समाज न्युयोर्क, अमेरिकाको आयोजना र ड्रिम्स युनिभर्सल एलएलसीको सहकार्यमा आगामी २०२३ अप्रिल १५ (नेपाली नयकका बर्ष २०८०) शनिबार राती ७ः०० देखि मध्यरात सम्म न्युयोर्कको क्विन्स, एस्टोरिया स्थित मेलरोज बलरुमको हल संगितको बर्षातले न्युयोर्कको माहौललाई संगितमय बनाउन लागिएको हो।
कार्यक्रममा ‘साईली’ का गायक हेमन्त राना, ‘गलबन्दी र पिर’का गायक प्रकाश सपुत र भ्वाईस अफ नेपाल–३ बिजेता गायक किरण गजमेरले एकै साथ प्रस्तुतिहरु राख्ने भएका छन्।
“Nepali New Year 2080” नाम दिईएको कार्यक्रममा न्युयोर्कको ब्याण्ड “द जोय ब्याण्ड” र अन्तिममा ‘डिजे एलएसञ्जांग्बु’ले सांगितिक प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive