बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

कुश्मामा घरभित्र पसेको चितुवालाई खोरमा राखेर पोखरा पठाइयो

चैत्र ८, २०७९

पर्वत : मङ्गलवार बिहान पर्वत सदरमुकाम कुश्मा बजारस्थित शान्ति टोलको एउटा घरमा प्रवेश गरेको चितुवालाई नियन्त्रणमा लिएर पोखरा पठाइएको छ।

मङ्गलबार सबेरै नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयको गेट अगाडि तरकारी खेतीका लागि बनाइएको ‘प्लास्टिक टनेल’ मा देखिएको चितुवा केही समयपछि नजिकै रहेको ओम रेग्मीको घरमा प्रवेश गरेको थियो।

‘टनेल’ मा रहेको चितुवालाई हेर्नेहरूको भिड बढेपछि अत्तालिएको चितुवा ‘च्यानल गेट’ खुल्ला भएको देखेपछि सिधा अगाडिको घरमा प्रवेश गरेको हो।

रेग्मीको घरको ‘किचन’ मा चितुवा पसे पनि त्यो बेलामा ‘किचन’ मा कोही पनि नभएकाले चितुवाले मानिसलाई आक्रमण गर्ने मौका भने पाएन। परिवारका मान्छेहरू एउटा कोठामा थुनिएर बसे भने उनीहरूले नै ‘किचन’ कोठामा बाहिरबाट चुकुल लगाएर चितुवालाई नियन्त्रणमा राखेका थिए।

कोठामा थुनिएर रहेका तथा घरमा रहेका अन्य व्यक्तिहरूलाई भर्‍याङ हालेर उद्धार गरी सुरक्षित बनाइएको थियो।

तन्दुरुस्त अवस्थामा रहेको चितुवालाई विज्ञ समूहबिना छाड्दा मानिसमाथि आक्रमण गर्न सक्ने जोखिम भएपछि डिभिजन वन कार्यालय कास्कीबाट बोलाइएको प्राविधिक टोलीले बेहोस बनाउनै नपर्ने खोर चितुवालाई खोरमा सारेको थियो।

वन्यजन्तुको उद्धारमा प्रयोग गरिने एम्बुलेन्ससहित आएको पोखराको टोलीले ढोकाको मुखमा खोर राखेर चितुवाले खोरमा पारेका डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताए।

पोखरा लगिएको चितुवालाई आवश्यक परे स्वास्थ्य जाँच पनि गरेर पुन वनमा नै लगेर छाडिनेछ। बिहान करिब सात बजेको समयमा घरभित्र पसेको चितुवालाई दिउँसो करिब एक बजे ६ घण्टापछि मात्रै निकाल्न सकिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive