शनि, असार ७, २०८२
Sat, June 21, 2025

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ

चैत्र ११, २०७९

पोखरा : मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी दुर्गा गुरुङ ” मिलन” दिक्षीत हुनुभएको छ । गुरुङ राष्ट्रिय प्रशिक्षक शिव बहादुर भण्डारीबाट दिक्षित हुनुभएको हो।

सो कार्यक्रममा अन्य रेन्जरहरुलाई पनि राष्ट्रिय प्रशिक्षक भण्डारीले दिक्षित गराउदै दिक्षीत भएका  सबैलाई बधाइ तथा शुभकामना दिनिभएको थियो । भण्डारीले दुर्गा गुरुङ “मिलन” सङ्गको सहकार्यले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।जसले आशातित उदेश्य प्राप्त गर्न सकिने बताउनुभयो ।

आगामी दिनहरुमा थप जिम्मेवारी सहित अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल स्काउट गण्डकी प्रदेश संयोजक आशीर्वाद सुबेदीले स्काउटले अनुशासन , मानवता र समपर्ण स्काउटले सिकाउने हुँदा स्थानीय तहदेखि केन्द्रसम्म स्काउटिङलाई पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

गोर्खाली रेडियोकि स्टेशन प्रमुख खिमा गुरुङले समाजसेवी दुर्गा गुरुङ मिलनले अभिभावकत्व प्रदान गरेको यो मिलन ओपन स्काउट कृयू दल समिति छिट्टै समाज प्रति समर्पित हुने विश्वास व्यक्त गर्दै संस्कारी हुँदै देश प्रति बफादार हुनपर्ने भनाइ राख्नुभयो ।  मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहका अध्यक्ष तथा मिलन ग्रुप अफ नेपालको संयोजक समाजसेवी दुर्गा गुरुङ ” मिलन” को अध्यक्षता भएको कार्यक्रममा गुरुङले कुरा भन्दा काम गरेर देखाउने भन्दै स्काउटको माध्यमबाट युवाको चौतर्फी विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वागत सहायक राष्ट्रिय प्रशिक्षक सागर पौडेलले गर्नुभएको थियो भने गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष गुन्ज बहादुर गुरुङ , गोर्खा मिडिया युकेका अध्यक्ष मिलन गुरुङ , मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देवी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive