शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

अमेरिकामा लामिछानेको मृत्यू प्रकरणमा एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन धारणा

चैत्र १४, २०७९

पर्वत : अमेरिका स्थित नेपाली समाजका लोकप्रिय सामाजिक अभियन्ता कृष्ण लामिछानेको निधनका बारेमा निष्पक्ष छानबीन गरेर दोषीलाई कारबाही गर्नुपर्ने एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले माग गरेको छ।
एसोसिएशनका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्धारा हस्ताक्षरित विज्ञप्तीमा समाजका लोकप्रिय सामाजिक अभियन्ता कृष्ण लामिछानेको अकल्पनीय, त्रासदीपूर्ण र रहस्यमय निधनप्रति मर्महात भएको उल्लेख छ।
‘हामी स्वर्गीय लामिछाने प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौँ। साथै सभ्य, सुसंस्कृत र गतिशील नेपाली समाज निर्माणको लागि स्वर्गीय लामिछानेले दिनुभएको सामाजिक योगदानको उच्च मुल्यांकन गर्दै उँहालाइ सदा स्मरण गरिरहने छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘एक जुगमा एक पटक जन्मिने लामिछाने जस्ता व्यक्तित्वको अभाब हामीलाई सधै खड्की रहने नै छ। हामी उँहाको आदर्श, मूल्य, मान्यतालाई सदा पछ्याई रहने छौँ।’
रहस्यमय मृत्यु प्रकरण पछि सामाजिक संजालमा आएका मत, अभिमतसंगै भाइरल भएका फोटो÷भिडियोलाई सुक्ष्म अध्ययन गरेपछि एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशनले घटनाका बारे आफ्नो आधिकारिक धारणा समेत सार्वजनिक गरेको छ। जसमा आफूहरुले दिएको बुँदालाई समेत ध्यानमा राखेर अनुसन्धान अगाडी बढाउन भनिएको छ। अमेरिकी नेपाली समाजमा यस्ता दुखद घटना नदोहोरियोस भन्नका लागि र कृष्ण लामिछानेलाई न्याय दिनको खातिर कानुनि कारबाही अगाडी बढाउन जोडदार माग गरिएको एशोसिएसनले बताएको छ।
यस्ता छन बुँदा
१) सम्बन्धित निकाय बाट अनुसन्धान भैरहेको बेला श्रीमती माला महत संगको बेमेल, पारिवारिक झगडा र निरन्तरको तिरस्कारले यो कदम उठाईएको हो भन्ने तर्क लाइ जबर्जस्ति स्थापित गर्न नखोजौ किन भने यसले दिने मानसिक पीडाले अर्को अकल्पनीय घटना घट्यो भने यसको दोषी को ?
२) कृष्ण लामिछाने र उनको परिवार संलग्न रहेको जीवन विज्ञान अभियान प्रति लक्षित हुनेगरी राखिएका तर्क र मतहरू पनि वस्तुवादि छैनन् । जीवन विज्ञानसंग जोडेर यसको ध्यान, साधनाले मान्छे बौलायो, होश गुमायो, चरम बैराग्य उत्पन्न भयो भन्ने तर्क गरेर एउटा पबित्र अध्यात्मिक अभियानको हुर्मत नलिउँ ।
३) यो घटनामा कमजोर र भावानात्मक तर्कहरुलाई अघि सार्नु भन्दा उनको सामाजिक अभियान , त्यसभित्रका तिरस्कार, असहयोग र असफल बनाउन गरिएका निरन्तर प्रयाश र अति संबेदनशील बिषयलाई पनि घरायसी झगडा भन्दै नजिकका साथीहरुले गरेको उपेक्षा नै घटना घटाउने कारकतत्व हुन सक्ने हाम्रो संस्थाको ठहर भएकोले यस बारे अनुसन्धान गर्न सम्बन्धित निकायलाई दबाब दिउँ ।
क) जाल साजी गरेर चुनाबमा पराजित गराइनु ।
ख) त्यसपछि अन्य स्वार्थ समुहले निरन्तर प्रयोग गर्नु र अन्तिममा पद अर्कैलाइ दिनु ।
ग) सामाजिक अभियानमा उपयोग गर्नु तर साथ् र धन्यबाद नदिनु। निरन्तर खेद्नु ,भित्तामा पुर्याउनु । ग्रुप बाट हटाउनु, मान मर्दन गर्नु ।
घ) गौरी जोशीले पारिवारिक केश मिलाइदिन भिडियो सहित भाइले गरेको अनुरोधलाई बेवास्ता गर्नु ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive