बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

पर्वतमा २२ सय विद्यार्थीले एसइई परीक्षा दिँदै, अनुगमनको नाममा बाधा पार्न नपाइने

चैत्र १६, २०७९

पर्वत : शुक्रवारदेखि सुरु हुन लागेको एसइई परीक्षामा पर्वत जिल्लाबाट ९२ वटा विद्यालयका दुई हजार दुई सय ३६ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार एउटा खुल्ला सहित ९२ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। परीक्षार्थीमध्ये एक हजार एक सय नौ जना छात्रा र एक हजार एक सय २७ जना छात्र रहेका छन्।
यस पटकको परीक्षामा साधारण धारतर्फ नियमित विद्यार्थीहरू दुई हजार एक सय ८७ जना, प्राविधिक धारतर्फका नियमित विद्यार्थीहरू ३० जना र ग्रेड वृद्धितर्फ साधारण धारतर्फका १९ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदै छन्।
एसइई परीक्षाको अनुगमनका नाममा कर्मचारीदेखि जनप्रनिधिहरुसम्मको ठुलो जत्था नै परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीहरू हतोत्साह भएको गुनासाका आधारमा यस पटकको परीक्षामा गृह मन्त्रालयले अनुगमनको विषयमा कडाइ गर्न निर्देशन दिइसकेको छ। अनुगमनका नाममा परीक्षा सुरु हुनु पूर्व र परीक्षा अवधिमा परीक्षा हलमा अनावश्यक रूपमा जाने तथा फोटो खिच्ने काम बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेको हो।
शिक्षा विकास तथा समन्वय इकाईले परीक्षाकै सन्दर्भमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई निर्देशन दिइसकेका छन्। उनले भयरहित तथा विद्यार्थीमैत्री वातावरणमा परीक्षा सञ्चालन गर्न अनुरोध गरेका छन्। एसइईलाई ‘आइरन गेट’ भनिएता पनि विद्यार्थीहरूले आफूले गरेको तयारीका आधारमा निर्धक्कसँग परीक्षा दिनुपर्ने उनको सुझाव छ। परीक्षा सञ्चालनको बेला निरीक्षक तथा अनुगमनकर्ताले विद्यार्थीहरूलाई बाधा पर्ने कुनै पनि क्रियाकलापहरू नगर्न पनि प्रजिअ बरालले निर्देशन दिएका छन्।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive