बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पैयुँपाटामा सिवाईसी बचतको बित्तिय साक्षरता

पर्वत : बागलुङको बाग्लुङ नगरपालिका–१३ पैयुपाटा,घडेरीमा सिवाईसी बचत तथा ऋण सहकारी लि.द्वारा वितिय साक्षरता तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाको बलेवा सदस्य सेवाकेन्द्र पैयुँपाटाका संयोजक चुडामणि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको व्यवस्थापन बलेवा सदस्य सेवा केन्द्र प्रमुख पुष्पा विश्वकर्माले गरेका थिए भने सहजिकरण सहायक अधिकृत कमल तिवारीले गरेका थिए ।
कार्यक्रममा, सिवाइसी साकोस बलेवा सदस्य सेवाकेन्द्र संयोजक चुडामणि शर्मा पौडेल, सह–संयोजक रेशम बहादुर खत्री, सदस्य देवी कुमारी रिजाल, बालप्रभात आधारभुतका प्रधानाध्यापक महेन्द्र अधिकारी लगायत शेयर सदस्य तथा अन्य इच्छुक व्यक्तित्वहरु गरी जम्मा ३८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बलेवा सदस्य सेवाकेन्द्र उप–समितिका सह–संयोजक रेशम बहादुर खत्रीले राखेका थिए भने प्रमुख अतिथि महेन्द्र अधिकारीले सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. को बितिय साक्षरता तथा सहकारी शिक्षा तालिम कार्यक्रम ज्यादै प्रभावकारी रहेकोमा धन्यवाद दिँदै सिवाइसी साकोसको सम्पूर्ण सेवा सुविधाहरु गुणस्तरीय, डिजिटल र आधुनिक, सदस्य मैत्रि रहेकोले सिवाइसी साकोसमा आबद्ध भएर कारोबार गर्न सबैको लागि फाइदाजनक हुने बताए । कार्यक्रमका सहजकर्ता सहायक अधिकृत कमल तिवारीले, बचत र यसको महत्व, बचत बढाउने तरिका, ऋण र यसको प्रयोग, ऋणको कसरी सदुपयोग गर्ने उपाय, बिमा, ब्यतिगत बजेटको तयारी र यसको महत्व, ब्यक्तिगत वासलातको तयारी लगायत सिवाइसी साकोसको परिचय, संस्थाको परिकल्पना, लक्ष्य, उद्देश्य, मुल मन्त्र रहेको बताए ।
संस्थाको बचत खाताहरु, बाल बचत खाता, नियमित बचत र ऋणको खाताहरु, आयमूलक क्षेत्रमा ऋण लिने तरिका तथा तिनको फाइदा एवं जोखिम, संस्थाको आधुनिक र डिजिटल सेवासुबिधाहरु– ब्त्ः, मोबाइल बैंकिङ, ट्याब्लेट बैंकिङ, मिस्डकल बैंकिङ, क्यु.आर.कोड, सुत्केरी भेटघाट तथा पोषण सुविधा, आवास सुरक्षा सुविधाशैक्षिक सुविधा, जेष्ठ नागरिक पेन्सन सुबिधा, एकल महिला पेन्सन सुबिधा, औषधि उपचार तथा दुर्घटना राहत सुविधा लगायत सुविधाका बारेमा पनि सो अवसरमा जानकारी दिइएको थियो।
अधिकृत तिवारीले जेष्ठ नागरिक औषधि उपचार सुविधा, आकस्मिक उपचारका लागि सुलभ ऋण, ऋण बिमा सुविधा, नयाँ बुहारीको स्वागत, ब्रतबन्ध बधाई, तिर्थाटन, चौरासि पुजा लगायतका विभिन्न बित्तिय तथा गैर बित्तिय सुविधाहरूको बारेमा प्रकाश पार्नु भएको थियो। साथै सिवाइसी साकोसमै सदस्य किन बन्ने, कसरी बन्ने लगायतको उपस्थित ब्यतित्वहरुको जिज्ञासाहरु मेटाउदै गैर नाफामुलक संस्था, उपभोक्ता समूह, आमा समुह, युवा क्लब, स्थानिय तह समेत यसको सदस्य बन्न सक्ने बताए ।
कार्यक्रम पश्चात् गाउँटोल समन्वय उप–समितिको काम कर्तव्य र अधिकारको जानकारी गराइ गठन पनि गरिएको छ। जसको संयोजकमा नारायण प्रसाद रिजाल, सदस्यमा ताराराज अधिकारी, रिता रिजाल, सीता खत्री, कमला थापा सर्वसम्मत चयन भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive