बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

सूचना प्रविधि दिवस : क्यान पर्वतको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बैशाख २०, २०८०

पर्वत : ‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ नेपाल सरकार र नीजि क्षेत्रले संयुक्त रुपमा कार्यक्रम गरी मनाउने तय भएको राष्ट्रिय सूचना तथा संचार दिवस (२ मे, २०२३) पर्वतमा कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ पर्वत शाखा (क्यान पर्वत) ले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने शीर्षकमा मंगलबार विहान कुश्माबजारको जेसीज सभाहमाल भएको पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा नमुना आवासीय माध्यमिक विद्यालयका छात्रा निशा आचार्य प्रथम भएकी छन् भने नारायण मावि कुश्माका छात्रा सिम्रन शर्मा द्वीतिय भएकी छन् । त्यसैगरी विश्वज्योति मावि पकुवा कुश्माका शिवप्रसाद सुवेदीले तृतीय स्थान हाँसिल गर्न सफल भएका भएका छन् भने पूर्णेश्वर मावि वितलवकी छात्रा दुर्गा कुमारी पुरी र जनक मावि पिपलटारीकी छात्रा हिमानी शर्माले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा नगरभित्रका माध्यमिक विद्यालयहरुले सहभागिता रहेको थियो ।
यस अघि वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले व्यानर पढेर उद्घाटन गरेका थिए ।
उनले क्यान पर्वतले समयसापेक्ष कार्यक्रमको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्न र यस्तै उपलब्धी देखिने खालका कार्यक्रमहरु आयोजना गर्न क्यान पर्वतलाई सुझाव दिएका थिए । उनले क्यान पर्वतले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा कुश्मा नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको बताउँदै सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कुश्मा नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं. ६ का अध्यक्ष ईश्वर गिरीले सूचना प्रविधि दिवसको शुभकामना व्यक्त गर्दै सूचना र प्रविधिको महत्वसँगै समयको महत्व समेत बुझ्न सबैलाई प्रेरणा मिलोस् भन्दै समयानुकल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले सुरक्षित सूचना प्रविधिले मात्र सुशासन र समृद्ध नेपाल बन्न सहयोग पुग्ने धारणा राखेका थिए ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो वक्तृत्वकला प्रतियोगितामा निर्णायकको भूमिका क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेल, संस्थापक सदस्य किशोर सापकोटा र मोदी गाउँपालिकाका आईटी संयोजक दिपक शर्माले गरेका थिए ।
क्यान पर्वतका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत कार्यक्रम संचालक तथा क्यानका कोषाध्यक्ष मिलन पौडेलले र संचालन सचिव भरत सापकोटाले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive