मङ्लबार, अशोज १, २०८१
Tuesday, September 17, 2024

पर्वत ट्राफिकले यसरी सञ्चालन गर्दै छ टाफिक सप्ताह

पर्वत : यही वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन हुने टाफिक सप्ताह कार्यक्रम अभियान अन्तर्गत जिल्ला टाफिक प्रहरी कार्यालय पर्वतले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ।
जिल्ला टाफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार फरक फरक दिनका लागि फरक फरक कार्यक्रमहरुको आयोजना गरेर सप्ताहलाई सफलतापूर्वक सञ्चालन गर्न लागिएको छ। वैशाख २५ गते अभियनको उद्घाटन पूर्व कुश्मा लोकतान्त्रिचोकबाट सचेतना फैलाउने ¥याली निकालिने छ। ¥यालीपछि आयोजना हुने औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सामाजिक संघ संस्था, लगायतका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम हुने छ।
सोही दिन दिउसो जिल्लामा रहेका ट्राफिक प्रहरी पोष्टहरुबाट लघु सचेतना कार्यक्रम संचालन गरी ट्राफिक जनचेतनामुलक पर्चा पम्प्लेट बितरण गर्ने तथा लामो दुरीका सवारीमा ट्राफिक सप्ताह सुरु व्यानर टाँस गर्ने कार्यक्रम रहेको छ।
दोस्रो दिन चोक चोकमा ट्राफिक प्रहरीसंगै स्वयंसेवक परिचालन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने, स्वयं सेवकबाट बाचन गर्ने, स्वयंसेवकबाट पैदलयात्रुलाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालक र सह चालकलाई सम्झाई बुझाई गर्ने, माईकिङ गर्ने, सडकमा रहेका खाल्डा खुल्डी पुर्ने र अव्यवस्थित पार्किङ हटाउने अभियान चलाइने छ।
तेस्रो दिन वैशाख २७ गते ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने, पर्चा पम्प्लेट वितरण, स्टिकर टाँस गर्ने, मास्क वितरण गर्ने र छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम तय भएको छ। चौथो दिन सदरमुकाम कुश्मा बजारलाई लक्षित गरेर चालक परिचालक प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सवारी चालक र परिचालकहरुलाई प्रशिक्षण प्रदान गर्ने र जुत्ता लगाए नलगाएको, पोशाक प्रयोग र ओभरटेक सम्वन्धी प्रशिक्षण प्रदान गर्ने तयारी छ।
पाचौँ दिनमा सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम अन्तर्गत ट्राफिक सप्ताहको व्यानर सहित मानिसहरुको बढी आवत÷जावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्ने, छैटौँ दिनमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत जिल्ला स्थित स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी चालक सहचालकहरुको सामान्य स्वास्थ्य जाँच गर्ने, कुनै रोगको नियमित औषधी सेवन गरेको भए नभएको जानकारी लिई नियमित औषधी सेवन गर्न प्रोत्साहन तथा सल्लाह दिने र पर्चा पम्प्लेट वितरण गर्ने कार्यतालिका रहेको छ।
अभियानको अन्तिम दिन पत्रकार तथा सञ्चारकर्मीहरुसँग ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी समिक्षा सहित सात दिने अभियानको विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुका साथै जिल्लाका मुख्य चोकहरुमा अभियान समापनको अवसरमा दिप प्रज्वलन गरिने छ। उक्त कार्यक्रममा यातायात व्यवसायी, मजदुर, शैक्षिक संस्था, स्थानिय तह, स्थानिय सामाजिक संघ संस्थाका पदाधिकारीहरु लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहने छ। सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरी ट्राफिक सप्ताह कार्यक्रम समापन गर्ने र यसका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरुसँग सहकार्यको काम भइरहेको पनि ट्राफिक प्रहरी प्रमुख निउरेले बताए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive