मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

रसिया भ्रमणपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच भेटघाट

जेष्ठ १, २०८०

पर्वत : संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटघाट भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक राख्ने लगायतका विषयमा विषयमा छलफल भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले बताए।
उनका अनुसार अध्यक्ष तिमिल्सिनाले हालैको रसिया भ्रमणको क्रममा रसियाले विभिन्न १२ ओटा योजनामा काम गर्ने विचार देखाएको बारेमा पनि प्रधानमन्त्रीलाई तिमिल्सिनाले जानकारी गराएका छन्। रासायनिक मल उत्पादन, सडक, लगायतका योजनाका बारेमा रसियाले देखाएको चासोलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सक्रियताका साथ लाग्न निर्देशन दिन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई अनुरोध गरेका छन्।
रसियाले नेपाललाई १२ वटा क्षेत्रमा झन्डै २० अर्बको सहयोग गर्न प्रस्ताव पठाएको छ। अध्यक्ष तिमिल्सिनाको अघिल्लो साता भएको भ्रमणमा क्रममा पोखरा–रिडी सडक, रसियासंग सोझो हवाई सेवा सुरु गर्ने, रासायनिक मल र गहुँ आयात गर्ने, नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने, कान्ति बाल अस्पताल स्तरोन्नति गर्ने लगायतका विषयमा कुराकानी भएको थियो।
दाहाल र तिमिल्सिनाको भेटका क्रममा यिनै कुरालाई नेपाल सरकारको तर्फबाट प्रक्रिया अगाडि बढाउन अध्यक्ष तिमिल्सिानले आग्रह गरेका सल्लाहकार शर्माको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive