बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताको सदस्यता नवीकरण नहुने

पर्वत : नेपाल पत्रकार महासङ्घ पर्वतले सदस्यता शुद्धिकरण अभियान लागु गर्ने भएको छ । सदस्यता नवीकरण सम्बन्धी कार्यविधि–२०७६ र हालै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय अनुसार कर्मचारी, राजनीतिक दलका क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहमा रहेका कार्यसमिति सदस्य सहितका पदाधिकारीहरुको नविकरणका सन्दर्भमा सुचित गरेको छ ।
यस अघि शाखाको बैशाख २४ गते बसेको बैठकले केन्द्रिय निर्णय र विधानको प्रावधान अनुसार सदस्यता शुद्धिकरण कार्य अघि बढाउने निर्ण गरेसँगै शाखाले सुचना जारी गर्दै शाखाका सदस्यहरुलाई सचेत बनाएको छ । पर्वतमा जम्मा ५२ जना सदस्यहरु मध्ये कतिपय सरकारी स्थायी तथा करार सेवामा रहेको, कतिपय राजनीतिक दलको विभिन्न पदाधिकारी सहित जिल्ला कमिटिको सदस्यको रुपमा रहेर काम गर्दै आएको र कतिपय विदेशमा समेत रहेको र केही पत्रकारितामा क्रियाशिल नरहेको विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।
महासङ्घलाई श्रमजीवी पत्रकारको साझा, व्यावसायिक र मर्यादित संस्थाको रुपमा स्थापित गर्न सङ्गठन शुद्धीकरण अभियान शुरुवात गरिएको अध्यक्ष थापाले बताउनुभयो । सो सँगै विधानको प्रावधान अनुसार नविकरण गर्न नमिल्ने सदस्यहरुलाई योगदानका आधारमा मानार्थ सदस्यका रुपमा सिफारिस गरिने थापाले बताउनुभयो ।
महासङ्घले सदस्यता लिएर पनि पछिल्लो समय पत्रकारितामा निष्किृय रहेका सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न आह्वान गरेको छ । आफ्नो कालखण्डमा पत्रकारिता र पत्रकार महासङ्घमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई महासङ्घले मानार्थ सदस्यता दिने व्यवस्था गरेको छ ।
सदस्यता नविकरणका लागि नियुक्तिपत्र, क्रियाशीलताको प्रमाणपत्र र बैकल्पिक व्यवस्थाका रुपमा हाल बहाल रहेको सरकारी सेवा, राजनीतिक दलको जिम्मेवारबाट राजिनामा दिएर स्वीकृत पत्र लिएमा सो विषयमा छानविन गरी आवश्यक निर्णय लिने समेत शाखा अध्यक्ष थापाले बताउनुभयो ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive