शनि, असार ७, २०८२
Sat, June 21, 2025

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मदन राई छुटे

जेष्ठ २३, २०८०

खोटाङ : यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलासले सोमबार ४ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो।

राईले अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। राई २५ दिन हिरासतमा बसेर छुटेका हुन्।

दिक्तेलस्थित सुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईलाई बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो।

७५ वर्षीय राईले बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण गरेको आरोप छ। राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेलकी एक बालिकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive