शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

कुश्मामा सहकारी व्यवस्थापन तालिम सम्पन्न

पर्वतको कुश्मामा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको आयोजना, जिल्ला सहकारी संघको समन्वयमा विहीवारदेखी शुरु भएको ६ दिने तालिम आज समापन भएको हो । तालिममा सहकारीका वर्तमान समस्या, समस्या समाधानका उपाय, सहकारीको ऐन, नियमको बारेमा उक्त तालिममा जानकारी दिइएएको छ ।
तालिममा पर्वतका विभिन्न सहकारी संस्थाका अध्यक्षहरु सहभागी भएका थिए । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका प्रमुख रोशन अर्यालको अध्यक्षतामा तालिमको भएको छ । तालिम समापनमा बोल्दै सहकारीका अध्यक्षहरुले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी सहकार्यको माध्यमबाट चलाउनुपर्ने र ऐन नियमको पालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तालिम समापनमा जिल्ला सहकारी संघका उपाध्यक्ष लालबहादुर अधिकारी, सहभागीको तर्फबाट मोहन आचार्य र यामकुमारी अधिकारीले आफ्नो धारणा राख्नुभयो । तालिम समापन कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले गर्नुभएको थियो । तालिममा पर्वतमा रहेका बहुउदेश्यि, ऋण तथा बचत, दुग्ध तथा कृषि सहकारीका २५ जना प्रतिनिधी सहभागी हुनुभएको थियो ।
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive