मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

स्याङ्जामा हँसिया प्रहार गरी बालकको हत्या

असार २, २०८०

स्याङ्जा : जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा शुक्रबार हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी ९ वर्षीय हर्षित देवकोटाको हत्या गरेका हुन्।

स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा  हत्या भएको खुलेको थियो। उनको शव साँझ घरदेखि टाढा खर बारीमा फेला परेको थियो।

बालकको हत्या गरी फरार उनलाई प्रहरीले पुतलीबजार–१ बाट राति पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive