शनि, माघ १०, २०८२
Sat, January 24, 2026

आइ.टी स्रोत शिक्षकका लागि आयोजित तालिम सम्पन्न

साउन ८, २०८०

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा आई.टी स्रोत शिक्षकहरुको लागि सूचना प्रबिधि सम्बन्धि पाँच दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाका १४ वटा वडाहरुमा रहेका विद्यालयहरुमा आउन सक्ने सूचना प्रबिधि सम्बन्धि समस्याहरुको समाधान सकेसम्म शिक्षकहरुबाटै गर्ने उद्धेश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो । तालिममा नगरपालिकाका करिब ३५ वटा विद्यालयका शिक्षक तथा कर्मचारीहरु सहभागी भएका थिए ।
कार्यक्रममा शिक्षामा इमेल इन्टरनेटको प्रयोग, शिक्षामा आर्टीफिसियल इन्टीलीजेन्स, गुगल एप्स, डिजिटल शैक्षिक सामग्रीहरुको व्यवस्थापन, ब्लग निर्माण, सिकाईका डिजिटल माध्यमहरु, ब्लूम टेक्सोनोमी, शैक्षिक वेब साइट, सिकाईमा मोबाइल फोनको प्रयोग, कम्प्युटर तथा मोबाईल एप्लीकेशन लगायतका बिषयमा सहजीकरण गरिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले कुश्मा नगरपालिकाले विद्यालयहरुलाई प्रविधिमा जोडेर गुणस्तरीय शिक्षा दिने प्रयासस्वरुप आई.टी तालिम सञ्चालन गरेको उल्लेख गरे । पाँच दिने सिकाईको क्रममा सिकिएका कुराहरुलाई कक्षाकोठामा प्रयोग ल्याएमा मात्रै प्रशिक्षणको उद्धेश्य पूरा हुने भएकाले आफूले सिकेका कुरा प्रयोगमा ल्याउन सबैले प्रयास गर्न सुवेदीले अनुरोध गरे । अबको शिक्षालाई आकर्षित र गुणस्तरीय बनाउनको लागि शिक्षकहरुलाई प्रबिधिको बारेमा प्रशिक्षण दिने गरिएको उनको भनाई छ ।
विद्यालयमा आउने प्रबिधि सम्बन्धी समस्याहरुको समाधान गर्नको लागि प्रत्येक वडामा कम्तीमा एक जना शिक्षक तयार गर्ने गरी अहिलेको तालिम सञ्चालन गरिएको हो । शिक्षा अधिकृत सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुको तर्फबाट जनता सुदर्शन मा.वि. ठूलीपोखरीका प्रधानाध्यापक मेघनाथ आचार्य, बीरेन्द्र मा.वि पकुवाकी साम्भवी अधिकरी र नमूना अङ्ग्रेजी आवासिय विद्यालयका खेमराज शर्मा चापागाईँले बोलेका थिए ।
उनीहरुले प्रशिक्षणका दौरान महत्वपूर्ण कुराहरुी सक्न पाएको भन्दै खुसी व्यक्त गरे । कुश्मा नगरपालिकाले समय समयमा तालिमहरुको आयोजना गरेर शिक्षकहरुलाई प्रबिधिमा दक्ष बनाउन गरिरहेको प्रयासप्रति उनीहरुले धन्याद ज्ञापन गरे ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive