शुक्रबार, असार १, २०८१
Friday, June 14, 2024

रासायनिक मलका लागि पैयूँ गाउँपालिकाले तोक्यो मूल्य

पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले रासायनिक मलको संशोधित नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेका अनुसार ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को परिच्छेद २ को दफा १० अनुसार मल वितरण व्यवस्थापन समितिको साउन २१ गतेको बैठकले मल बिक्रीका लागि नयाँ मूल्य निर्धारण गरेको हो । बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०८०÷०८१ को लागि गाउँपालिका क्षेत्रभित्र रासायनिक मलको बिक्री मूल्य निर्धारण गरिएको हो ।
बैठकले यूरीया मलको प्रतिकिलो २६ रुपैयाँ १३ पैसा, डि.ए.पी. मल प्रतिकिलो ५५ रुपैयाँ १३ पैसा, पोटास प्रतिकिलो ४३ रुपैयाँ १३ पैसा र कृषि चुनको प्रतिकिलो १५ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive