मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

बागलुङमा बाबु आमा झगडा गरेर खोसाखोस गर्दा दुई महिने बालकको मृत्यु

साउन २२, २०८०

पर्वत : जिल्ला प्रहरी कार्यालय बागलुङले बाबु आमाले खोसाखोस गर्ने क्रममा एक जना दुई वर्षीय बालकको मृत्यु भएको भन्दै ती बाबुआमालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सी.का अनुसार जिल्लाको निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु बि.क र उनकी श्रीमती ३० वर्षीय सबिना बि.क.लाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
गत साउन १८ गते रातको करिब आठ बजेको समयमा बि.क. दम्पतीबिच उनीहरूकै निवास बडाचौरमा विवाद भएको थियो। विवाद बढेसँगै उनीहरूले दुई महिने बालकलाई आ–आफ्नो कब्जामा लिन तानातान गर्ने क्रममा ती बालक भुईँमा खसेर बजारिएपछि घटनास्थलमा नै मृत्यु भएको थियो। घटनाको बारेमा बुझेको बागलुङ प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा पनि खोसाखोसका क्रममा भुईँमा बजारिँदा बालकको मृत्यु भएको निष्कर्ष निकालेको थियो।
प्रहरी नायव उपरीक्षक के.सी.का अनुसार उनीहरूलाई कानुन बमोजिम साउन १९ गते नियन्त्रणमा लिएर आइतबार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive