बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पाङ युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

पर्वत : ‘स्वस्थ र सफा पाङ हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शनिवार पाङ युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङको बाङ्गेचौर र पर्वतको पाङ स्थित अदुवावरी जोड्ने गरी निर्माण भएको गण्डकी गोल्डेन ब्रिज अन्तर्गत पाङतर्फको मुखनेरबाट माथिसम्म सरसफाइ गरी करिब फूलका करिब एक हजार भन्दा बढी विरूवा रोपिएको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए । क्लबद्वारा आयोजित उक्त कार्यक्रममा करिब २५ जनाको सक्रिय सहभागिता रहेको थियो । विशेष गरी पुल तरेर दिनौँ स्वदेश तथा विदेशबाट थुप्रै पर्यटकहरू आाउने हुनाले पाङको चिनारी तथा सुन्दरताका लागि कार्यक्रम आयोजना गरिएको थियो । विशेष गरी पुलको दुवैपट्टीको फोहोर नष्ट गरी फूलबारीको रूपमा परिणत गरिएको छ ।

ती फूलको संरक्षणमा सबैको महत्वपूर्ण भूमिका हुने साथै समय भएपछि फूलको सदुपयोग गर्न सकिने पनि अध्यक्ष सुवेदीले बताए । क्लबले सबैले आफ्नो घरमा भएको फूललाई बजार जाँदा भए पनि छेउ छाउमा सारिदिनका लागि अनुरोध गरेको छ । आजको फूल रोपण कार्यक्रममा सहभागी भएर सफल पार्न सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै क्लबले आगामी दिनमा पनि रचनात्मक कामहरुलाई निरन्तरता दिने बताएको छ ।

क्लबसँग अझै पनि फूलका बिरुवाहरु स्टकमा रहेकोले टार, तल्लो पाङ, ततरकोट, सिँन्धाली, खरिबोटका युवाहरुलाई ती फूलहरु लगेर वृक्षारोपण गर्न अनुरोध गरिएको छ । पाङ युवा क्लब समग्र पाङको पहिचानका लागि सँधै अग्रसर रहँदै आएको छ । आफ्नो क्षेत्रमा रहेका मन्दिर, विद्यालय, सार्वजनिक स्थाल लगायतका ठाउँका लागि सम्झीएको अवस्थामा आफूहरु त्यहाँ पुगेर पनि सरसफाई तथा वृक्षारोपणका लागि तयार रहेको अध्यक्ष सुवेदीको भनाई छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive