बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मिलन फाउन्डेसनको तेस्रो अधिवेशन सम्पन्न

पोखरा : स्वास्थ, शिक्षा र खेलकुदको क्षेत्रमा कृयाशिल सामाजिक संस्था मिलन फाउन्डेसनको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

वि.सं.२०७१ साल फागुन ११ गते स्थापित मिलन फाउन्डेसनको तेस्रो अधिवेशनको उद्घाटन गोर्खाली रेडियोका स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको हो। गुरुङले सामाजिक क्षेत्रमा सान, मान र पहिचान बनाउन सफल मिलन फाउन्डेसन नेपालले समाजमा अनवरत रूपमा अल्पकालीन देखि दीर्घकालीन सेवा प्रदान गर्दै आएको बताउनुभयो । गुरुङले विदेशमा रहेर पनि आफ्नो जन्मभुमिलाई अपार माया गर्नुहुने फाउन्डेसनका संरक्षक दुर्गा घोताने “मिलन” को खुलेर प्रसंशा गर्नुभयो । त्यस्तै गण्डकी प्रदेश उप सभामुखका स्वकीय सचिव तथा फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरले शुभकामना व्यक्त गर्नुहुदै फाउन्डेसनका संरक्षक दुर्गा गुरुङ “मिलन” ले संस्था स्थापना गर्नुभन्दा पहिलादेखि सामाजिक काम गर्दै आउनुभएको स्मरण गराउदै एक दशकदेखि संस्था खोलेर हालसम्म देशको ४८ जिल्लामा सहयोग प्रदान गर्दै आएको बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष गंगा कुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकीका महासचिव सुमन गुरुङ,मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। अमर बहादुर अधिकारीले संचालन र उपाध्यक्ष देवी कुमारी गुरुङले स्वागत गर्नुभएको थियो ।

यसैबिच फाउन्डेसनको तेस्रो अधिवेशनले पुनः गंगा कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। फाउन्डेसनको उपाध्यक्षमा देवी कुमारी गुरुङ, सचिवमा अमर बहादुर अधिकारी, कोषाध्यक्षमा यम बहादुर मल्ल “जीवन”, सहसचिवमा जयप्रकाश गुरुङ, सहकोषाध्यक्षमा धन कुमारी गुरुङ चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा मणिलाल गुरुङ, नारायण क्षेत्री र सागर पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक लक्ष्मण शर्माले जानकारी दिनुभयो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive