पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले व्यवसाय दर्ता तथा नविकरणको लागि मोवाइल सर्भिस सेवा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका र नियमानुसार गाउँपालिकामा दर्ता हुन बाँकी रहेका साथै दर्ता भएर पनि नियमित नविकरण नभएका व्यापार, व्यवसाय, पेशा वा यस्तै अन्य व्यवसायिक प्रकृतिका कारोवार गर्ने व्यक्ति÷ फर्महरुको लागि दर्ता तथा नविकरणमा सहजता प्रदान गर्ने उद्देश्यले नविकरणको लागि मोवाइल सर्भिस सेवा सञ्चालन गर्न लागिएको हो ।
पैयूँ गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य संघ पर्वत, हुवास उपशाखाको समन्वयमा यहि साउन २९ गतेदेखि ३१ गते सम्म मोवाइल सर्भिस सेवा मार्फत व्यवसाय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले फर्म तथा व्यवसायीहरुलाई मोबाइल सेवा सञ्चालन भएका स्थानमा खटिएर आउने जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तोकिए बमोजिमका कागजात उपलब्ध गराइ व्यवसाय दर्ता तथा नविकरण गराउन अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत लामिछानेका अनुसार व्यवसाय दर्ता तथा नविकरणका लागि नेपाली नागरिकताको प्रमाणपत्र, गैर नेपाली नागरिकको हकमा सम्वन्धित देशको नागरिकता वा नागरिक प्रमाणित हुने प्रमाण पत्र, प्रचलित कानून बमोजिम सम्वन्धित निकायबाट व्यवसाय दर्ता र ईजाजत प्राप्त गरेका प्रमाणपत्र, दुई प्रति फोटो, घर भाडाको सम्झौता पत्र, नविकरणको हकमा दर्ता प्रमाण पत्र, नियमानुसार दर्ता तथा नविकरण शुल्क उपलब्ध गराएपछि व्यवसाय दर्ता तथा नवीकरण गर्न सकिने छ ।
व्यवसाय नवीकरणका लागि पैयूँमा मोवाइल सर्भिस सेवा
