बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

पाङ यूवा क्लबको आयोजनामा फूल/वृक्ष रोपण कार्यक्रम सम्पन्न

पर्वत : स्वस्थ र सफा पाङ हाम्रो अभियान भन्ने मूल नाराका साथ कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालय वरपरदेखि माथिसम्म सरसफाइ गरी करिब पाँच सय फूलका विरूवा रोपिएको छ ।

पाङ युवा क्लबद्वारा आयोजित उक्त कार्यक्रममा करिब ५०/५५ जनाको सक्रिय सहभागिता रहेको थियो । विशेष गरी स्वस्थ र सफा बनाइ पाङको चिनारी तथा सुन्दरताका लागि कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी धैरेनी बाल समूह को सक्रिय सहभागीता रहेको थियो । यस भन्दा अगाडि एक कार्यक्रमको आयोजना गरी तिन वटा विद्यालयमा विद्यालय अनुसारको समूह गठन गरिसकिएको थियो ।

अबका दिनमा नुवार सुवेदी मा वि र गोविन्द देवशर्मा माध्यमिक विद्यालयका वाल समूह र टि आर बोडिङ बाल समूहसँग पनि यस्तै सरसफाइ गर्ने सोचमा रहेको क्लबका अध्यक्ष जयराम सुवेदीले बताए । पाङ धैरेनी मा.वि बाल समूह निकै सक्रिय रहेको उसैको सक्रियतामा सफलतापूर्वक फूल रोपिएको उनले बताए ।

यसरी नै अन्य कार्यक्रममा पनि पाङ युवा क्लबले अनुरोध गरेको छ । अवको हाम्रो कार्यक्रम केही दिनपछि पाङ भूमे कोटमा गरिने क्लबले बताएको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive