बिहि, असार ५, २०८२
Thu, June 19, 2025

मिलन फाउण्डेसनद्धारा मोदीका बिद्यार्थीलाई नगद सहित पुरस्कार प्रदान

साउन २६, २०८०

पर्वत : सामाजिक सेवाको क्षेत्रमा सक्रिय मिलन फाण्डेसन नेपालले पर्वतको मोदी गाउँपालिकाबाट गर्त वर्षको एस.ई.ई.परीक्षामा उत्कृष्ठ अङ्क ल्याएका बिद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
मिलन ग्रुप अफ नेपाल अन्तर्गत रहेको फाण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सामाजिक सहयोग गर्दै आइरहेकोमा बिहीबार मोदी गाउँपालिकाका १२ जना बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल हङकङमा बस्दै आएका समाजसेवी दुर्गा बहादुर गुरुङ (मिलन) को अगुवाईमा स्थापना भएका संस्थाका लागि उनै गुरुङले आर्थिक सहयोग गरेपछि संस्थामार्फत उत्कृष्ट नतीजा ल्याएका बिद्यार्थीहरुलाई सम्मान गरिएको हो ।


गाउँपालिकाको आठ वटै वडाहरुमा रहेका माध्यमिक विद्यालयबाट २०७९ सालको एसई.ई. परीक्षामा सहभागी भई सर्वोत्कृष्ट अङ्क ल्याएको छात्र र छात्रा गरेर दुई जना तथा प्रत्येक बिद्यालयका उत्कृष्ट एक÷एक जना बिद्यार्थीहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको समाजसेवी गुरुङले बताए ।
गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश क्षेत्रीका अनुसार गाउँपालिकाभरबाट सर्बोत्कृष्ट बिद्यार्थीका रुपमा नवजागृत माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी शर्मा र छात्रतर्फ पनि सोही विद्यालयका सुविन साही पुरस्कृत भएका छन्। उनीहरुले क्रमशः ३.८५ र ३.८४ जि.पि.ए.प्राप्त गरेका थिए ।
पुरस्कृत हुने अन्य विद्यार्थीहरुमा शालिजा मा.वि.बाट रबिन गर्बुजा पुन, जननेत्र मा.वि.बाट सन्दिप शर्मा, भूकदेउराली मा.वि.बाट सन्ध्या सुनार, महेन्द्र शिखरी मा.वि.बाट आइसा दर्जी, पशुमपति मा.वि.बाट आयुष्मा गौतम, तुलोदय मा.वि.बाट शिवानी बस्याल, जनसिद्ध मा.वि.बाट रबिन क्षेत्री र सुजन बि.क., नवज्योति थम मा.वि.बाट सोनिसा पौडेल, सरस्वती मा.वि.बाट आशिष कुँवर तथा देउपुर नमूना आवासिय माध्यमिक विद्यालबाट बिष्णु जैसी रहेका अधिकृत क्षेत्रीले बताए ।
गाउँपालिकाभरमा सर्वोत्कृष्ट बनेका दुई जनालाई जनही आठ हजार तथा प्रत्येक विद्यालयबाट उत्कृष्ट बनेका बिद्यार्थीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले आफू हङकङमा रहेर पनि सामाजिक सेवामा सक्रिय रहेका गुरुङले गर्दै आएका कामहरुको प्रशंसा गरिन । आफ्नो जन्मथलोका बालबालिकाहरुलाई शिक्षाप्रति प्रोरित गर्नका लागि अहिले दिइएको पुरस्कार सहित बिगतमा पनि आयोजना हुँदै आएका बिभिन्न प्रतियोगिताहरुले शैक्षिक सुधारका लागि योगदान गरेको उनको भनाई छ । अध्यक्ष शर्माले मिलन ग्रुप अफ नेपालसँग आगामी दिनहरुमा पनि सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउँदै संस्थामार्फत सामाजिक सेवामा सक्रिय सबैप्रति आभार व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै मिलन फाउडेसन नेपालकी अध्यक्ष गंगाकुमारी गुरुङले आफूहरु हङकङमा रहँदा आम्दानी गरेको केही रकमबाट सामाजिक सेवामा सक्रिय रहँदै आएको बताउँदै पर्वत सहित देशका अन्य जिल्लामा पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताईन । बिशेषतः बालबालिकाहरुको शिक्षादिक्षामा सघाउने गरी आफूहरुले सहयोग गर्दै आइरहेको भन्दै उनले समस्यामा रहेका बालबालिका तथा शैक्षिक रुपमा सहयोग गर्नुपर्ने बिद्यार्थीहरुको सहयोगका लागि संस्था आगामी दिनमा पनि तयार रहेको उनको भनाई छ ।


कार्यक्रममा मोदी गाउँपालिका–८ का वडाध्यक्ष तथा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक सुकबहादुर गुरुङ, वडा नं. ६ वडाध्यक्ष दिपेन्द्रजंग लामिछाने, गाउँपालिकाको शिक्षा शाखा प्रमुख झकप्रसाद गौतम, शिक्षक बिष्णुप्रसाद सुवेदी र बलराम शर्मा, मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेल तथा बिद्यार्थीको तर्फबाट लक्ष्मी शर्मा र सन्दीप शर्माले भनाइ राखेका थिए ।
कार्यक्रममा मिलन फाउण्डेसनकी उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तब्य राखेकी थिईन् । फाउण्डेसनकी अध्यक्ष गंगाकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमरबहादुर अधिकारीले गरेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive