मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

पोखरा–बागलुङ सडक अन्तर्गत डिमुवामा सडक आसपासका संरचना हटाउन निर्देशन

भदौ २८, २०८०

पर्वत : जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारले पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत डिमुवा र तिलाहार क्षेत्रको सडक छेउछाउमा रहेका भौतिक संरचनाहरू हटाउन निर्देशन दिएको छ।
मोदी गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयले सूचना निकालेर सरकारी मापदण्ड विपरीतका संरचना हटाउन भने पनि संरचना नहटाएकोले पुन सूचना जारी गर्दै तिलाहारको क्षेत्राधिकारमा पर्ने पोखरा–बागलुङ  सडक खण्ड तथा डिमुवा तिलाहार क्षेत्रको सडकको दायाँबायाँ निर्माण भएका सबै संरचनाहरू हटाउन भनिएको हो।
साबिकका वडाहरूमा सार्वजनिक बाटा घाटामा अधिकरण तथा निर्माण गरिएका कच्ची टहराबाट सडक नाली तथा आवागमन नै अवरुद्ध हुने गरी निर्माण गरिएका छाप्रा/छाना साथै अव्यवस्थित बसोबासमा सूचीकृत  नभएका छाप्रा तथा तरकारी र फलफूल राख्ने ठेला समेत सडकबाट हटाउन भनिएको छ। यस्तै वडा कार्यालयमा जानकारी नगराई तथा अनुमति नलिई राखिएका होडिङ्ग बोर्ड, सडकमा सवारीको आवागमन अवरुद्ध पार्ने गरी सवारी साधन पार्किङ र निर्माणजन्य सामग्री लामो समयदेखि राख्ने गरेको पाइएकोले त्यसलाई पनि हटाउनुपर्ने भनिएको छ।
सडक वा सडकको छेउमा रहेका भौतिक बस्तुका कारण सवारी आवागमन प्रभावित भई सडक दुर्घटना हुने भएकाले सडक क्षेत्रबाट तीन दिन भित्र त्यस्ता बस्तुहरू हटाई आवश्यक सहजीकरण गर्न तथा सवारी आवागमन र सर्वसाधारणको दैनिक जीवनयापन सामान्य बनाउन सहयोग गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ।
तर तोकिएको समयावधि भित्रमा नै कच्ची टहरा, तरकारी फलफूल राख्ने ठेला, वडा कार्यालयमा जानकारी÷अनुमति नलिई राखिएका होडिङ्ग बोर्ड लगायत नहटाइएमा वडा कार्यालयले हटाउने र हटाउँदा कुनै प्रकारको क्षति भएमा वडा कार्यालय जबाफदेही नहुने वडाध्यक्ष दीपेन्द्र लामिछानेले बताए।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive