शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

उपरथी श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ सार्वजनिक

अशोज ३, २०८०

पर्वत : नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ सार्वजनिक गरिएको छ।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मङ्गलवार आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त गीतको विमोचन गरेका छन्।
राष्ट्रिय एकताको प्रतिकका रूपमा रहेको नेपाली सेनाले देशका लागि गर्दै आएका काम, दैवी प्रकोपमा र विपद्मा सेनाले गर्ने काम, शान्ति सेनाका रूपमा विभिन्न देशमा गरेका प्रयास, स्वास्थ्य शिविर, कला र संस्कृतिको जगेर्ना, भौतिक विकास निर्माणका काम, प्रकृति र पर्यावरणको संरक्षण, खेलकुद क्षेत्रको विकास लगायतमा सेनाले दिएको योगदानबारे गीतमा चर्चा गरिएको छ।
श्रेष्ठ सहित शोभन सैँजुको निर्माण रहेको गीतका लागि बाबुराम श्रेष्ठले नै शब्द लेखेका छन्। गीतमा गीता पाण्डे र सुवास तिम्सिनाको स्वर, राजेन्द्र बजगाईँको सङ्गीत रहेको छ। विशाल पौड्यालको निर्देशनमा बनेको म्युजिक भिडिओ जीतबहादुर थापाले खिचेका छन्।
नेपालको रक्षा गर्दै सबै नेपालीमा एकताको भावना सिर्जना गराउने र वीरताका साथ लडेको सेनाको देशभक्ति भावलाई देखाउने गरी गीत तयार पारेको उपरथी श्रेष्ठ बताउँछन्। नेपाली सेना सधैँ राष्ट्र र जनताप्रति कर्तव्यपरायण रहँदै आफूले लिएको जिम्मेवारीमा प्रतिबद्धता साथ लागेको भन्दै उनले पुर्खादेखि अहिलेसम्मको योगदानको चर्चा गीतमा रहेको जानकारी दिए।
उपरथी श्रेष्ठले यस अगाडि पनि साङ्गीतिक गजल ल्याएका थिए। ‘उपमा के दिऊँ मेरो जीवनमा तिम्रो आगमनको’ गजलमा श्रेष्ठले प्रेमिल शब्द रचना गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive