बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

बाच्छा खोलामा स्टिल ट्रस निर्माण

बर्खयाम शुरु भएसँगै बाच्छाका सन्तवहादुर गुरुङ ‘समिर’लाई एउटै चिन्ता हुन्थ्यो,‘खोला बढेको छ, आज कतिलाई बगाउँछ ?,’ घर नजिक खोला भएर पनि होला उनलाई यो चिन्ताले सँधै पिराल्थ्यो । फलेवास नगरपालिका –११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छा जोड्ने खोलामा पुल नहुँदा आउजाउ गर्ने यात्रुहरुलाई निकै समस्या भएको थियो ।
‘बर्खयाममा यो खोला निकै ठुलो हुन्छ । पुल नहुँदा दिनहुँ दर्जनौँ मोटरसाईकल खोलाले बगाउँथ्यो । मानविय क्षती त कहिल्यै पनि भएन । तर, खोलामा पुल नभएर यात्रुले भोग्नु परेको समस्याका ज्वालन्त उदाहरण हामी सँग छन् । गुरुङले भने ,‘ लामो समयको मेहेनत र पहलकदामी पछि अब त्यो समस्या सँधैका लागि अन्त्य भयो ।,’
बाच्छा खोलामा स्टिल ट्रस निर्माण भएको छ । बिहादी गाउँपालिका र खुर्कोट युवा क्लवले पुल निर्माण गरेका हुन् । पुलको बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुभएको हो । उद्घाटन गदै अध्यक्ष गुरुङले पुल निर्माण भएपछि यात्रुहरुलाई धेरै सहज हुने बताउनु भयो । उहाँले बिहादी गाउँपालिकाले पालिकाका धेरै ठाउँमा स्टिल स्ट्रस निर्माण गर्न लागेको बताउँदै पुललाई आवतजावत गर्ने माध्यम मात्र नबनाई जिवीको पार्जन सँग जोड्ने माध्यम बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले हामी जनप्रतिनिधी छौँ, यस्तैयस्तै उपलव्धीमूलक काम गर्न चुनिएका हौँ,जनताको अपेक्षा र भावना विपरित काम गर्न हामीलाई छुट छैन ।’, विहादी गाउँपालिकाले कुनै राजनितिक दल, जातजाती, भाषा, धर्मप्रति विभेद नरहने गरी विकास निर्माणमा केन्द्रित भएको उहाँको भनाई छ ।
पुल निर्माणका लागि विहादी गाउँपालिकाले ४ लाख र खुर्कोट युवा क्लव लगायतका संघसंस्थाले करिव २६ लाख भन्दा बढि रकम सहयोग गरेका थिए । सो अवसरमा स्ट्रिल ट्रस निर्माणका लागि भएको आयव्यय समेत प्रस्तुत गरिएको थियो । स्ट्रील ट्रस ब्रिज अन्र्तगत बनेको पुलको लम्बाई २४ मिटर छ ।पुल निर्माण भएपछि आवतजावतमा सहज भएको स्थानीयको भनाई छ । उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, आमा समुह लगायत स्थानीय उपभोक्ताको बाक्लो उपस्थिती रहेको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive