बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

मोदीवेणी दिव्यधाममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा खाद्यान्न वितरण

पर्वत : अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कुश्मा नगरपालिका स्थित मोदीवेणी दिव्यधाममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरिएको छ ।
कुश्मा नगरपालिका ५ मा रहेको धौलागिरी बहुउद्धेश्यीय महिला विकास समितिले दिव्यधाममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई समस्या नहोस भनेर खाद्यान्न वितरण गरेको हो । सोही अवसरमा त्यहाँ रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका–५ की वडा सदस्य अमृता नेपालीले ज्येष्ठ नागरिकहरु बहुमूल्य सम्पत्ति भएको बताइन । उनीहरुबाट धानिएको संस्कार र सभ्यता सिक्दै उनीहरु सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण हुनुपर्ने उनको भनाई छ । पछिल्लो समयमा मानिसमा भावनात्मक विकास राम्रो हुन नसकेको भन्दै वडा सदस्य नेपालीले सन्तानहरु बुबा आमाको दुखाइको मल्हम बन्नुपर्ने सुझाइन ।

सरस्वती श्रेष्ठ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नरशिङ्ह दिब्यधामका अध्यक्ष खुमराज अधिकारी र संरक्षक केशवदत्त बैरागी, समूहका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासु, शारदा रेग्मी लगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सरस्वती गदालले गरेकी थिइन ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive