बुधबार, माघ २, २०८१
Wednesday, January 15, 2025

मिर्गौलामा समस्या भएकी राजुकुमारीलाई बुहारी ग्रुपको आर्थिक सहयोग

पर्वत : समस्यामा पर्दै आएका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको बुहारी ग्रुप अफ नेपालले आफ्नै एक जना सदस्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
बुहार ग्रुप अफ नेपालकै सदस्य रहेकी कुश्मा नगरपालिका–१ पाङ घर भई मिर्गौलाको समस्याका कारण उपचाररत २६ वर्षीया राजकुमारी सार्कीलाई नगद २५ हजार रुपैयाँ सहयोग गरिएको हो । मिर्गौलाको उपचारको लागि हाल पर्वत अस्पतालमा रहेकी उनको उपचारमा आर्थिक समस्या भएपछि सार्की आफै र उनको परिवारले आर्थिक सहयोगका लागि अनुरोध गरेको थियो ।
देशदेखि विदेशमा रहेकाहरुलाई समेत सहयोग गर्दै आइरहेको समूहले आफ्नै सदस्य बिरामी परेपछि सामाजिक सञ्चालन फेसबुकमार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेको थियो । सोही क्रममा सङ्कलन भएको छ हजार आठ सय रुपैयाँ र सदस्य दिदीबहिनीहरुबाट कोषका लागि सङ्कलन भएकोबाट थप २५ हजार रुपैयाँ सहयोग गरिएको समूहकी मोडरेटर पूजा कार्की शर्माले जानकारी दिइन् । उक्त रकम ग्रुपकी सस्थापक अध्यक्ष लक्ष्मी तिवारी सहित मोडेरेटरहरु पुजा कार्की शर्मा, गिता घिमिरे, शैलजा तीवारी, रिया आर्चाय, सरीष्मा तिमिल्सीना, विनु अधिकारी को पहलमा सङ्कलन भएको हो ।
करिब १४ महिनादेखि मिर्गौलाका समस्या भोगिरहेकी सार्कीको घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले उपचारमा समस्या भइरहेको छ । उनका श्रीमान कुश्मा नगरपालिका–७ खरेहामा रहेको एक अटो वर्क सपमा काम गर्दै आइरहेका छन् । तर उनको आम्दानीले पनि उपचारमा नधान्ने भएपछि बिभिन्न संघ संस्था व्यक्तिहरुले आर्थिक सहयोगका लागि अनुरोध गरिरहेका छन् । एक छोरीकी आमा समेत रहेकी उनका मिर्गौलाको नियमित डायलाइसिस गरिरहनुपरेको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive