बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

कास्कीमा किम्रोङ खोला थुनियो, मोदी खोला किनार पर्वतमा पनि जोखिम !

पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिँदा बनेको तालका कारण सोही खोला सहित मोदी खोलाको किनारमा पनि जोखिम भएको छ ।
अन्नपूर्णका वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो जमिनबाट ठुलो पहिरो खसेपछि शनिवार अपराह्नतिरबाट खोला थुनिएको हो । आइतबार बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट बिस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठुलो ताल बनेको छ ।
‘म आफै खोलामा गएर त्यहाँको अवस्थाका बारेमा हरेर फर्किएको छु । माथिबाट खसेको ठुलो पहिरोले करिब १५ घण्टादेखि खोला थुनिएको हो । यसले किम्रोङ र मोदी खोला किनारलाई जोखिम देखिएको छ’, वडाध्यक्ष गुरुङले भने, ‘अघि केही बेर अगाडिबाट तालको छेउबाट बिस्तारै पानी बग्न त थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउनुपर्ने छ ।’
किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले किम्रोङ सहित मोदी खोलाको क्षेत्र पनि जोखिममा रहेको हो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive