शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025

पर्वतका छ ठाउँबाट यात्रु र ट्राफिक व्यवस्थापन गरिँदै

अशोज २६, २०८०

पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लाका मुख्य–मुख्य छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्दा  सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले हेर्ने गरी सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका–६ शिवालय चोकमा, अस्थायी ट्राफिक प्रहरी पोस्ट हुवासले हेर्ने गरी पैयुँ गाउँपालिका–४ हातेमालो बजारमा, डिमुवा ट्राफिकले हेर्ने गरी मोदी गाउँपालिका–६ डिमुवामा, मिलनचोक ट्राफिकले हेर्ने गरी जलजला गाउँपालिका–३ वारीबेनीमा, मालढुङ्गा ट्राफिकले हेर्ने गरी कुश्मा नगरपालिका–१ मालढुङ्गामा र फलेवास ट्राफिकले हेर्ने गरी फलेवास नगरपालिका–५ खानिगाउँमा सहायता कक्ष स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसाल, कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी लगायतको उपस्थितिमा जिल्लामा रहेका विभिन्न यातायात प्रालीका प्रमुख तथा प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि, चालक, परिचालक, स्थानीय नागरिक लगायतको उपस्थितिमा सहायता कक्षहरूको सुरुवात गरिएको हो।

हिन्दुहरूको महान् चाड बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक तथा निजी सवारी साधनहरूमा यात्रुहरूको चापमा वृद्धि भई दुर्घटना हुने जोखिम बढी भएकाले त्यसको न्यूनीकरणमा सहायता कक्षले सक्रियताका साथ काम गर्ने ट्राफिक प्रहरी प्रमुख निउरेले बताए। ‘चाडबाड मान्न तथा आफन्त भेट्नको लागि विदेशबाट आउनेदेखि देशमै आन्तरिक यात्रा गर्नेहरूका कारण सडक र सवारी दुवैमा अब चाप बढ्छ। यो अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना रोकथाम गर्दै सहज र सुरक्षित आवागमनको  लागि कक्षहरू स्थापना गरिएका हुन्’, उनले भने, ‘सवारीका सञ्चालक वा यात्रुका तर्फबाट एक अर्कामा समस्या बनाउने अवस्था आएमा त्यसको समाधान गर्ने, यात्रुको पिर मर्का सुनुवाइ गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त अवस्थामा राख्ने उद्देश्यले सहायता कक्ष बनाइएको हो।’

सवारीमा अधिकार हनन हुनुका साथै दुर्व्यवहार हुन सक्ने, बढी भाडा असुली गर्ने, खसी बोका ओसारपसारमा हुन सक्ने अवरोध, व्यस्त स्थानमा हुन सक्ने अवाञ्चिछत गतिविधि, पटका भुईँ चम्पा तथा अतीसबाजी लगायतका विस्फोटक पदार्थहरूको ओसारपसार लगायतका विषयमा पनि ट्राफिक प्रहरीले निगरानी र अनुसन्धान गर्ने छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive