बुधबार, चैत्र १२, २०८१
Wednesday, March 26, 2025

सरोकारवालासँग जलाधार सम्बन्धि समन्वय बैठक सम्पन्न

पर्वत : भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको आयोजनामा जनप्रतिनिधि र सरोकारवालासँग जलाधार सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति पर्वतका समन्वय प्रमुख विष्णुराम वि.क.ज्यूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पर्वत जिल्लाका सबै स्थानीय तहका प्रमुख, समन्वय उपप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका उपप्रमुख, सरोकारवाला विभिन्न सरकारी निकायहरु, सामुदायिक वन उपभोक्ता महासङ्घ र पत्रकारहरुको सहभागिता रहेको थियो । बैठकका अवसरमा कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कार्यक्रमहरुको प्रगति तथा आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम, बजेट एवं कार्य संचालन प्रक्रियाको बारेमा कार्यालयका प्रमुख दिवाकर पौडेलले प्रस्तुतीकरण राखेका थिए ।

कार्यक्रममा वन उपभोक्ता महासङघका जिल्ला अध्यक्ष जिवन उचै ठकुरी, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, समन्वय प्रमुख बिष्णुराम बि.क. लगायतले आफ्नो विचार राख्दै भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यलाई तीनै तहको सरकारबाट प्राथमिकता दिन अनुरोध गरेका छन् । आवश्यक बजेट विनियोजन गरी जनतालाई भूसंरक्षणको सेवा प्रभावकारी ढंगले प्रवाह गर्न र यस कार्यमा सबै पक्षले सहकार्यमा जोड दिन उनीहरुको अनुरोध छ । कार्यक्रममा स्वागत मन्तव्य जलाधार व्यवस्थापन अधिकृत श्यामसुन्दर अधिकारी र संचालन कार्यालयका अधिकृत दुर्गा प्रसाद शर्माले गरेका थिए ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive