बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024

श्रेष्ठ परिवारद्धारा बृद्धाश्रममा सामग्री सहयोग

पर्वत : पर्वत मिलन क्लबका निवर्तमान अध्यक्ष स्वर्गीय लक्ष्मण श्रेष्ठको स्मृतिमा कुश्मा नगरपालिका–५ मोदीबेणीधाममा रहेको बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई बिभिन्न सामग्रीहरु वितरण गरिएको छ।
स्व. श्रेष्ठको बार्षिक पुण्य तिथिको अवसर पारेर परिवारका तर्फबाट धर्मपत्नी लक्ष्मी श्रेष्ठ, भाई भरत श्रेष्ठ, पर्वत मिलन क्लबका अध्यक्ष झलक कार्की लगायत मोदीबेणी धाममा नै पुगेर १४ जना ज्येष्ठ नागरिकका लागि कम्बल, चामल राख्न प्रयोग हुने बाल्टी, फलफूल सहित नगद रकम वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कार्कीले क्लबले गरीरहेका काममहरुको बारेमा जानकारी दिँदै स्व. लक्ष्मण श्रेष्ठसँगको सहकार्य बारे स्मरण गरे। श्रेष्ठका अधूरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मोदीबेणी दिब्य धामका समस्या र विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। कार्कीले क्लब मार्फत दिब्य धाममा सहयोग गरेको परिवारलाई धन्यवाद व्यक्त गरे। यस्तै स्वर्गीय लक्ष्मणका भाइ भारत श्रेष्ठले आफ्नो दाजुको सम्झनामा आश्रममा आश्रित आमा बुबालाई सहयोग गरिएको बताए। आगामी दिनमा पनि दाजुले गर्दै आएका सामाजिक कार्यलाई निरन्तरता दिन सकियोस भन्ने कामना उनले गरे।
मोदीबेणी दिब्य धामका अध्यक्ष केशवदास बैरागीले बार्षिकीको अवसर पारेर बृद्धाश्रममा रहेको ज्येष्ठ नागरिकलाई सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे। मोदीबेणी धामले भौतिक विकासमा पनि सहयोगको अपेक्षा गरेको बताउँदै उनले धाममा आउने भक्तालुका लागि लत्ता कपडाको अभाव भइरहेको जानकारी गराए। बृद्धाश्रम नजिकै पार्क र बाटीका निर्माणका लागि पनि आफूहरुले आह्वान गरिरहेको वैरागीको भनाइ छ।
कार्यक्रममा मिलन क्लबका सदस्य यज्ञप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्दै क्लबको बारेमा जानकारी गराएका छन्। उनले क्लबले गरेका सामाजिक कामप्रतिको धारणा र क्लबको आगामी योजना तथा दिगोपनाका बारेमा पनि जानकारी गराएका छन्।
क्लबका बरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्य, पदाधिकारी, मोदीबेणी दिब्यधाम व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष विनोदविक्रम पोख्रेलले गरेका थिए। मिलन क्लबका अध्यक्ष झलक कार्कीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive