मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुणराज शर्मा

पर्वत : अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रूपमा आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन। शर्मा हाल स्विट्जरल्याण्डमा बसोबास गर्दै आइरहेका छन् । अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको समाजले बताएको छ । वरिष्ठ उपाध्यक्षमा दधि आचार्य (बेलायत), उपाध्यक्षहरूमा क्रमशः बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (यु.ए.ई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा सङ्गीता कार्की कुँवर (दक्षिण कोरिया) चयन भएका छन् ।
महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन भएका छन् । सचिवमा क्रमशः कमल लामिछाने (यु.ए.ई), रुद्रमणि लम्साल (बेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) चयन भएका हुन् । कोषाध्यक्षमा तिलक सापकोटा (यु.ए.ई), क्षेत्रीय संयोजकहरूमध्ये मध्य पूर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ति रेग्मी (जापान) र अमेरिका संयोजकमा रबिन शर्मा चयन भएका छन् ।
समाजको सदस्यहरूमा युवालाल सापकोटा (युएई), ओम प्रकाश न्यौपाने (युएई), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) चयन भएका छन् ।
निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गदै अन्तर्राष्ट्रिय पर्वत समाजका निवर्तमान अध्यक्ष झलक केसीले संस्थाको विधि र विधानमा रहेर पर्वत जिल्लालाई समृद्धिको मार्गचित्रमा जोड्न आग्रह गरे । उनले आफ्नो दुई वर्षीय कार्यकाल सफल रहेको बताउँदै सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद दिएका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive