शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पाङ यूवा क्लबको आयोजनामा सेभेन ए साइड फूटबल प्रतियोगिता सुरु

अशोज २८, २०८०

पर्वत : गरिबी, विपन्नता वा अन्य सामाजिक समस्यामा परेकाहरुलाई अभियान चलाएर सहयोग गर्दै आइरहेको जिल्लाको कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ यूवा क्लबको आयोजनामा सेभेन ए साइड फूटबल प्रतियोगिताको सुरु भएको छ।
‘परिवर्तनका लागि युवा’ भन्ने मूल नाराका साथ खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगिताको आएतबार कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले उद्घाटन गरेकी छिन्। उद्घाटन समारोहमा प्रधानमन्त्री कार्यालयका उपसचिव विष्णुप्रसाद शर्मा, कुश्मा नगरपालिका–१ का वडाध्यक्ष खगराज पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नुवार सुवेदीथर बाल क्लबले नृत्य प्रस्तुत गरेको थियो।
क्लबका अध्यक्ष जयराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भोलाराज सुवेदीले स्वागत मन्तब्य राखेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजाल सहित विष्णुप्रसाद शर्मा, खगराज पौडेल, समाजसेवी रामप्रसाद रिजाल, चित्रराज रिजाल, पण्डित नारायण पौडेल, ॐ शान्ति पाङ बाट श्रीकृष्ण अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए। उद्घाटन कार्यक्रमको सञ्चालन क्लबका सचिव शालिग्राम अर्यालले गरेका थिए।
कुल २३ वटा समूहले प्रतिस्पर्धा गर्ने प्रतयोगितामा सोमबार बिहानदेखि खेल खेलाउन सुरु गरिएको छ।

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive