बुध, असार २५, २०८२
Wed, July 9, 2025

दाङ बस दुर्घटना अपडेट : ३५ जना घाइते, चारको अवस्था गम्भीर

पुस १५, २०८०

दाङ : वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको छ।

दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो।

गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए।

४० जना सवार बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै थियो।

बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ। बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive