पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा रहेको जननेत्र माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयका शिक्षक भूमिराज शर्माका अनुसार आइतबार भएको भेलाबाट देउपुरका निवर्तमान वडाध्यक्ष समेत रहेका विकास तिमिल्सिनाको अध्यक्षतामा समिति बनेको हो । समितिको सदस्यहरुमा रामचन्द्र शर्मा, चिरञ्जीवी शर्मा, सिर्जना आचार्य, पार्वती परियार, शान्ति नेपाली, पदेन सदस्य वडाध्यक्ष बेल बहादुर कार्की र विद्यालयका प्रधानाध्यापक दीपक शर्मा सदस्य सचिव रहेका छन् ।
यो समितिको कार्यावधि आगामी तीन वर्षको लागि रहने छ ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024