बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

शिक्षक संघ कुश्मा नगरपालिकाको चौथो प्रतिनिधि भेला सम्पन्न

माघ १३, २०८०

पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगरपालिकाको चौथो प्रतिनिधि भेला एवं सेवा निवृत्त नगर शिक्षक संघ गठन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ कुश्मा नगर कार्यसमितिको आयोजनामा कुश्मामा भएको भेलाले अध्यक्ष मिम शर्मा लामिछानेको संस्थाको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रोमोद सुवेदीको आर्थिक प्रतिवेदन पारित गरेको छ । सोही भेलाका अवसरमा आयोजना गरिएको नगरपालिका स्तरीय निवृत्त शिक्षक संघ गठन कार्यक्रमबाट कृष्णप्रसाद रिजालको संयोजकत्वमा तदर्थ समिति निर्माण भएको छ ।

उक्त समितिको सदस्यहरुमा चन्द्रदत्त शर्मा, रमाकर शर्मा, रेश्मीराज शर्मा, ठाकुरप्रसाद पौडेल, पिताम्बर शर्मा अधिकारी, द्रोणराज पौडेल, कासीराम पौडेल, कृष्णप्रसाद शर्मा र रुद्रबहादुर रिमाल चयान भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिकामा बढी भए पनि यहाँका शिक्षकहरु बाहिर जान नपरोस भनेर सकेसम्म व्यवस्थापनको काम गरिरहेको बताए । कुश्मा नगरपालिकाले गोल्डेन ह्याण्डसेकको अवसर ल्याएर भए पनि प्राथमिक तहमा बढी रहेका दरबन्दीहरु मिलाएर शिक्षकहरुलाई दुःख भोग्नुपर्ने अवस्था आउन नदीन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे । तर आफूले कठिन परिस्थितिका बाबजुद पनि मिहिन मिहिनेतमा रहेको भन्दै उनले काम गर्दा गर्दै पनि जनप्रतिनिधिलाई गाली गर्ने काम राम्रो नहुने नगरप्रमुख जोशीको भनाई छ ।

यस्तै, नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य तथा कुश्मा नगरपालिकाकी संस्थापक उपप्रमुख सिता काफ्ले लामिछानेले शिक्षकले कुशल समाजको निर्माणको लागि गरेको योगदान अतुलनिय रहेको बताइन् । राजनीति र कर्मचारीतन्त्रको नेतृत्वमा रहेकाहरुले शिक्षकहरुको मागको आधारमा गुणस्तरीय शिक्षा प्रदानका लागि प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति डा. चुडामणी शर्माले शिक्षकलाई परेका समस्याहरुको समाधानको लागि आफू र आफ्नो दल सदैब प्रतिबद्ध रहेको उल्लेख गरे । शिक्षक बिनाको सङ्गठन पार्टीका लागि राम्रो नहुने भएकोले शिक्षकहरुको सहकार्यमा काम गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा सहित कुलप्रसाद सुवेदी, बिनोद सुवेदी, मोती च्वाईँ, बसन्तबहादुर सि.के, यज्ञनाथ बास्तोला, रुद्रबहादुर रिमाल, पूर्णकुमार श्रेष्ठ, हरिनारायण रेग्मी, बालकृष्ण सुवेदी लगायतले पनि बोलेका थिए ।

कार्यक्रमकै अवसर पारेर नेपाल शिक्षक संघ कुश्मा नगरकार्यसमितिमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै सात जना शिक्षकशहरुलाई सम्मान पनि गरिएको छ । खेमराज पोख्रेल, भोजकुमारी शर्मा, नारायण गिरी, प्रोमोद सुवेदी, जयराम सुवेदी, महेन्द्र जोशी र शिव कुँवर सम्मानित भएका हुन् ।

नेपाल शिक्षक संघ कुश्मा नगरकार्यसमतिका अध्यक्ष मिम शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार जोशी र सहसचिव ईन्द्र अधिकारीले गरेका थिए भने उपाध्यक्ष जयराम सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive