बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

सार्वजनिक भयो लेखक लम्सालको नेपालमा सार्वजनिक खरिद पुस्तक

माघ १४, २०८०

काठमाडौं : सार्वजनिक खरिदमा कलम चलाइरहने लेखक दिनेश लम्सालको पुस्तक नेपालमा सार्वजनिक खरिद (अवधारणा र अभ्यास) आज एक कार्यक्रमबीच विमोचन भएको छ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैङक्वेटमा भएको कार्यक्रममा मुख्य अतिथि माननीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश  ज्वाला एवम् विशेष अतिथि नेपाल सरकारका सचिवहरूले संयुक्तरूपमा उक्त पुस्तकको विमोचन गरेका थिए।

उक्त कार्यक्रममा   संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोद प्रकाश सिंह तथा भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मालगायत विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता थियो।

विमोचन कार्यक्रममा सचिवद्वयले शुभकामना मन्तव्य दिएका थिए भने पुस्तकको समीक्षा पूर्वसचिव सुरेश प्रधान, खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठले गरेका थिए।

उक्त पुस्तक २ भागमा लेखिएको जसमा पहिलो भागमा विभिन्न समयमा लेखिएका लेखहरू समाविष्ट छन् भने दोस्रो चरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी भएका राय परामर्शहरूलाई बोलपत्र चरणका  आधारमा विभाजन गरी प्रस्तुत गरिएको छ।

सैदान्तिकभन्दा अभ्यास पक्षलाई फोकस गरिएको उक्त पुस्तकले सार्वजनिक खरिदमा रहेका अधिकांश उल्झनहरूको समाधान गर्ने लेखकले दाबी गरेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive