पोखरा : ‘आफू पनि पढौँ, आफ्नालाई पनि पढ्न प्रेरित गरौँ’ भन्ने मूल नाराका साथ हावर्ड एकेडेमीमा पुस्तक मेला सम्पन्न भएको छ ।
तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशको साथै अभिभावक, विद्यार्थी एवं शिक्षक कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रम गत शुक्रबार सम्पन्न भएको विद्यालयका भाइस प्रिन्सिपल नविन पन्तले जानकारी दिए । कोभिड–१९ पछि विद्यार्थीहरुमा पुस्तकप्रतिको रुची कम भइरहेको अवस्थामा पुस्तक मेलाले विद्यार्थीहरुमा पढाईप्रति रुची अभिबृद्धि गर्ने विश्वास लिइएको छ ।
कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरु लाई उमेर तथा कक्षा सुहाउँदा पुस्तक एवं शिक्षक तथा अभिभावकहरुलाई उपयोगी पुस्तकहरु राखिएको उक्त मेलामा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यार्थीहरुले आफ्ना इच्छा अनुसारका पुस्तक आफ्नै विद्यालयमा रोजी रोजी अध्ययन गर्न पाउँदा खुसी लागेको कक्षा १० मा अध्ययनरत शितल जि.सी. ले बताइन् । अभिभावकले आफ्ना नानीबाबुहरुसँग सँगै बसेर पढे पढाईप्रति विद्यार्थीहरुको रुची अझै बढ्ने भन्दै प्रिन्सिपल अधिकारीले पाठ्यक्रम बाहेकका पुस्तक पनि विद्यार्थीहरुले पढ्ने बानी बसाल्ने उद्धेश्य रहेको बताए ।
हावर्ड एकेडेमी पोखरा महानगरपालिका–१५ को आयोजनामा सम्पन्न भएको उक्त पुस्तक मेलाको व्यवस्थापन बुक मार्ट पोखराले थियो ।