शुक्रबार, फाल्गुन १८, २०८०
Friday, March 1, 2024
spot_img

चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्दै एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अब कलाकार बन्ने भएका छन् । ओलीले फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । यसअघि यसअघि दीपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि देखिएका थिए । आइतबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ ।

फिल्म एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा आधारित छ । अभिनेता रमित ढुङ्गानाले यस फिल्मलाई निर्देशन गर्न लागेका हुन् । मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive