मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

न्यूनतम सेवा मापदण्डमा पवर्त अस्पतालले पायाे ८८ प्रतिशत अंक

माघ २९, २०८०

पर्वत : स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा पर्बत अस्पताल, पर्बतको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको  फलोअप सम्पन्न भएको छ ।
पर्बत अस्पताल, पर्बतको न्युनतम सेवा मापदण्डको फलोअपमा ८८ प्रतिशत अङ्क प्राप्त भएको छ । कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा धौलागिरी अस्पताल, बाग्लुङ्गका कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर अमित ढुंगाना, मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, स्याङ्गजा अस्पतालका मेशु डाक्टर रुक्मिना अधिकारि, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा, स्वास्थ्य कार्यालय, पर्बतका प्रमुख एक नारायण लम्सालको उपस्थिति रहेको थियो ।
प्रस्तुतीकरण कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको प्रमुख उपस्थिति रहेको थियोभने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शंकर गिरिको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive