शुक्रबार, फाल्गुन १८, २०८०
Friday, March 1, 2024
spot_img

लायन्स क्लबद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र ट्राफिक प्रहरीलाई कम्प्युटर प्रदान

पर्वत : सामाजिक संस्थाका माध्यमबाट प्रहरीदेखि थुनुवासम्म, बजारका सडकदेखि ग्रामीण क्षेत्रका बस्तीसम्म विभिन्न सहयोगका कामहरू गर्दै आइरहेको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले विद्यार्थी र ट्राफिक प्रहरीलाई विभिन्न सामग्रीहरू वितरण गरेको छ।
जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारी  स्थित जनक माध्यमिक विद्यालयको कक्षा एकदेखि पाँचसम्म अध्ययनरत ६५ जना बालबालिकाहरुको लागि जाडो छल्ने न्यानो स्वेटर, अध्ययनका लागि कापी, कलम लगायतका सामग्रीहरू वितरण गरिएको हो। क्लबका अध्यक्ष डासीराम अधिकारी लगायतका पदाधिकारी र सदस्यहरू सहित विद्यालयमा पुगेको क्लबले प्राथमिक तहमा बिद्यार्थीहरुको टिकाउ दर बढाउन तथा उनीहरूलाई अध्ययनमा प्रेरित गर्नको लागि सहयोग गरिएको हो।
क्लबले विभिन्न माध्यमबाट सङ्कलन गरेको तथा क्लबका सदस्यहरूले समेत सहयोग गर्दा सङ्कलन भएको ६३ हजार रुपैयाँबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो। सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आइरहेको क्लबले गाउँको विद्यालयमा आएर शैक्षिक सामग्री र पोसाक वितरण गर्दा उनीहरूको आर्थिक अवस्थामा राहत मिलेको विद्यालयका प्रधानाध्यापक टेकनाथ अधिकारीले बताए।
सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू गरिब तथा विपन्न परिवारबाट आएकाहरू धेरै हुने भएकोले क्लबले गरेको सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित हुनका लागि पनि सहयोग गरेको उनको भनाई छ।
क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतमा समेत सहयोग हस्तान्तरण गरेको छ। विगतमा ट्राफिक प्रहरीसँगकै सहकार्यमा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि कुश्मा बजारमा ट्राफिक प्रहरीको डमी समेत राखिसकेको क्लबले यस पटक कार्यालय सञ्चालनमा सघाउनको लागि एक थान कम्प्युटर उपलब्ध गराएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाले पर्वत ट्राफिकसँग विभिन्न चेक पोस्टका तथ्याङ्कलाई एकीकृत रूपमा राख्न नपाइएको बताउँदै क्लबले दिएको कम्प्युटरलाई सदरमुकाम बाहिरको कुनै पोस्टमा प्रयोग गरिने बताए। जिल्ला ट्राफिक कार्यालय समेत एक थान कम्प्युटरको भरमा धानिएको भन्दै उनले क्लबले गरेको सहयोगले कार्यालय व्यवस्थापनमा थप सहयोग हुने अपेक्षा व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा डिष्ट्रक ३२५ आईका गभर्नर चन्द्र कुमार के.सी., जिल्लाका लायन्स लिडरहरू लगायतको सहभागिता रहेको थियो।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive