पर्वत : लान्ताउ नेपाली समाज हङकङको चौथो अधिवेसनबाट कुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
गत ४ फेब्रुअरीमा टच कम्युनिटी सेन्टर टङ चङ हङकङमा सम्पन्न भएको अधिवेसनबाट समितिको उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा मिनबहादुर थापा, कोषाध्यक्षमा अमर गुरुङ, सहसचिवमा हरि गुरुङ र सहकोषाध्यक्षमा दीपक गुरुङ चयन भएका छन् । समितिको सदस्यहरुमा हेम गुरुङ, दुतप्रसाद गुरुङ, प्रवेश पाइजा पुन, गणेश घले, कुेबरमणी लिम्बु, अनुज गुरुङ, पवन बस्नेत, माया पुन र दीपा पुन चयन भएका छन् ।
यस्तै समितिको सल्लाहकारमा नेत्र पहराई, सुवास पुमा राई, पूर्ण देवान र दिल बूढाथोकी रहेका छन् ।
अधिवेसनबाट नयाँ कार्यसमिति निर्माणको लागि नेत्र पहराईको अध्यक्षतामा निर्वाचन मण्डल तयार पारिएको थियो । जसको सदस्यहरुमा सुवास पुमा राई र दिल बुढाथोकी रहेका थिए ।
मिलन ग्रुप अफ नेपालका संयोजक, पर्वत मञ्च हङकङका अध्यक्ष तथा नेपाली जनप्रगतिशिल मञ्च हङकङका अध्यक्ष समेत रहेका दुर्गा गुरुङ ‘मिलन’ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एम.बी. थापा, हितमान गुरुङ र हर्क रानाको पनि उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङले नयाँ कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरे । लान्ताउ नेपाली समाजका लागि विभिन्न तरिकाले सहयोग हुँदै आएकोमा आगामी दिनमा पनि समाजसँग नजिकै रहेर सहकार्य गर्ने उनको भनाई छ ।
उक्त कार्यक्रमको सञ्चालन महासचिव रमेश गुरुङले गरेका थिए भने स्वागत मन्तब्य कुमार गुरुङले राखेका थिए । उक्त कार्यक्रम संस्थाका अध्यक्ष कलजित गुरुङको अध्यक्षतामा भएको थियो।